
जिल्लाको कन्चनरुप नगरपालिका ८ स्थित बेरियर भन्दा पश्चिम रहेको चन्द्र नहर भत्किदा करिब ५ बिघा जमिन जलमग्न भै रोपेको धान बालुवाले पुरेर नष्ट हुन पुगेको छ ।
करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले त्यहाँ लगाइएको दर्जनौं बिघाको धानखेत अहिले डुवानमा परेको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ ।
श्रोतका अनुसार नहरमा धेरै पानी खोलेका कारण फुटेको तथा किसानहरुले मेहनतका साथ खेतमा लगाईएको धानबालीमा पुर्ण रुपमा क्षति भएको हो ।
आईतबार बिहान एक्कासि नहर फुटदा हेर्ने मानिसहरुको समेत अहिले भिड लागेको स्थानीयबासीहरुले बताएका छन ।
यता फुटेको नहरको बाधलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विगत दुई बर्ष अगाडी पनि चन्द्रनहरको दुई ठाउँमा बाध फुटेर सयौ बिघा धान खेती नष्ट भएको थियो । सम्भवत मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका सयौं बिगहा खेती योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहेको थियो ।