यमनमा भएका छुट्टाछुट्टै भिडन्तमा २७ सैनिक र १६ विद्रोहीको मृत्यु

यमन साउन । यमनी सेना र यहाँ रहेका सशस्त्र विद्रोहीका बीचमा गत बिहीबार र आइतबार बिहान भएका भिडन्तमा परी सैनिक र विद्रोहीगरी ४३ जनाको मृत्यु भएको समाचार छ । 
इरानसँग नजिक पर्ने मोखाको रेड सि बन्दरगाह नगरमा भएको भिडन्तमा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । 
त्यसैगरी अर्को एक समाचारअनुसार मोखाको पूर्बी भागमा गएराति रातभर भएको भिडन्तमा परी १६ जना हुथी विद्रोही र सात जना सैनिक मारिएका छन् । 
त्यसैगरी मोखादेखि झण्डै ४० किलोमिटर पूर्वतर्फ पर्ने ताइज प्रान्तमा विद्रोहीले बिहीबार गरेको आक्रमणमा २० जना यमनी सैनिक मारिएका छन् । 
सिया हुथीहरुले मोखामा विस्फोटक पदार्थसहितको डुङ्गाबाट पनि आक्रमण गरेकोमा कुनै मानवीय क्षती भएको खवर नरहेको अधिकारीले बताएका छन् । 
साउदी नेतृत्वको गठबन्धनले पनि साउदी अरबको मक्का नजिकै हुथीहरुले बिहीबार क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ । मक्का अर्को महिना मुस्लीम समुदायको वार्षिक धार्मिक कार्यक्रम हुने ठाउँ हो । 
अरब गठबन्धनको समर्थनमा यमनका राष्ट्रपति अबेद्राब्बो मन्सुर हादीले हुथी विद्रोहीलाई नियन्त्रण गर्न युद्ध गर्नुभएको छ । 
द्वन्द्वका कारण यहाँ अहिलेसम्म आठ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका बताइएको छ । 
झाडापखालाको प्रकोपका कारण पनि एक हजार आठ सयभन्दा बढी प्रभावित भएका छन् । रासस/एएफपी 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता