चिया उत्पादक संस्थाका प्रतिनिधिहरुलाई पैरवी सीप विषयक तालिम

फायल तस्वीर
इलाम, १५ साउनः केन्द्रीय चिया सहकारी संघ लि नेपालको आयोजना तथा आईएलओ नेपालको सहयोगमा उन्नति पैरवी चुनौती कोष अन्र्तगत इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाका चिया उत्पादक जिल्ला सहकारी संघका सञ्चालक सदस्य, लेखा सदस्य तथा कार्यक्रम संयोजकहरुलाई व्यवसायिक ज्ञान र क्षमता बृद्धिका लागि तथ्यपरक पैरवी सीप विकास सम्बन्धि तीन दिने तालिम इलाममा सम्पन्न भएको छ ।
 बीस जना सहभागी रहेको उक्त तालिममा तथ्य परक घटनामा आधारित पैरवी सीप विकास तथा कृषकको पैरवी परामर्श औजार कृषक पैरवी सहजीकरण विधिको प्रयोग सम्बन्धि ज्ञान, उत्तरदायमा आधारित व्यवसाय तथा संयुक्त राष्ट्र संघीय विश्वव्यापी सामिप्यता सिद्धान्त, आइएलओको आधारभुत सिद्धान्त र कार्यस्थलमा पाउनु पर्ने अधिकार सम्बन्धमा सहभागीहरुलाई जानकारी गराई चिया क्षेत्रको समग्र पक्षमा सकरात्मक वातावरण स्थापना गर्नमा  सहयोग पु¥याउन तालिम प्रदान गरिएको हो । तालिमको सहजीकरण विदुर सुवेदी र रविन राईले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता