
माङसेबुङः निजामती कर्मचारीको प्रतिवद्धता : चुस्तता र पारदर्शीता भन्ने मुल नाराका साथ माङसेबुङ गाउपालिकामा १४ औ निजामती सेवा दिवसको असरमा गाउपालिकाको कार्यालय परिसरमा सरसफाइ कार्यक्रमका साथ एक दिवसीय मैत्रीपुर्ण फूटबल प्रतियोगिता सम्पन्न भएकोछ ।
जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक सहित तिन टिम सहभागिभएकोमा भएको प्रतियोगितामा शिक्षकहरुले जीत हात पारेका थिए । जिल्ला समन्वय समिति सदस्य पूर्ण वहादुर वस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले गरेका थिए ।