चार किलो चरेससहित एक पक्राउ

काठमाडौँ, :  चार किलो लागुऔषध चरेससहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने ३१ वर्षीय ‘शुक्रराज थिङ’ भन्ने राजु लामा रहेका छन् । 
प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नं १०१ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता