२२ वटा मानव खप्परसहित झापामा एक पक्राउ

झापा : झापाको काँकडभिट्टाबाट एक व्यक्ति २२ वटा मानव खप्पर सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्लाको लेखनाथ मण्डनदेउपर नगरपालिका ८ का ५२ वर्षीय सोम तामाङ रहेका छन् ।  उनलाई मंगलबार साँझ तस्करी गरेर लुकाइ छिपाइ भारत लाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए ।
 उनले भने– ‘तस्करी गरेर भारततर्फ रिक्सामा लुकाएर लाँदै रहेछन्, उनलाई हामीले काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय अगाडिबाट पक्राउ गरेका हौ ।’ पछिल्लो समय काँकडभिट्टा नाकामा लागुऔषध तथा अन्य तस्करीका सामग्री तीब्र रुपमा ओसारपसार भइरहेकाले प्रहरीले त्यस नाकामा कडाइ गरेको छ । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता