केपी ओली पुसमा फेरि प्रधानमन्त्री ! यस्तो छ एमालेको तयारी

काठमाडौं, : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस महिनामा फेरि प्रधानमन्त्री बन्ने भएका छन् । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पुस महिनामा एमालेको बहुमतको सरकार बन्ने र त्यो ओलीको नेतृत्वमा हुनेछ । आइतबार आफ्नो एक अन्र्तवार्तामा योगेशले यस्तो खुलासा गरेका हुन् । 
‘आगामी चुनावमा अध्यक्ष केपी कमरेडलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्छ भन्ने मेरो लाइन हो । यसमा पार्टी नेतृत्व पनि सकारात्मक छ,’ उनले भने– ‘संसदीय र प्रदेशसभाको चुनावमा उहाँ (ओली)लाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने सम्भावना छ ।’
यसअघिको ९ महिने कार्यकालमा राम्रा काम गरेर चर्चामा आएका ओलीलाई फेरि प्रधानमन्त्री बनाउन पार्टीमा योगेश भट्टराई लगायत नेताहरु कस्सिएका हुन् । शनिबारमात्रै एमाले सांसद राजेन्द्र फुयाँलले रिपोर्टर्स क्लबमार्फत दशैंपछि पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । 
पछिल्लो समय प्रधानमन्त्रीमा वामदेवको चर्चा भइँरहदा योगेश केपीको पक्षमा उभिएका हुन् । योगेशले पार्टी अध्यक्ष स्वभाविक रुपमा प्रधानमन्त्रीको दाबेदार हुने भन्दै एमालेमा अध्यक्ष केपी ओलीभन्दा विलक्षण क्षमता भएको कोही नभएको भन्दै उनी नै एकमात्र उम्मेदवार भएको टिप्पणी गरेका छन् ।
‘पार्टी अध्यक्षभन्दा विलक्षण क्षमता भएको नयाँ नेतृत्व कोही प्रकट भयो भने अध्यक्षले पनि आफू पछाडि बसेर उसलाई अघि बढाउने कुरा होला,’ उनले भनेका छन्– ‘तर, यो कुरा अहिले सम्भव देखिन्न । त्यसैले केपी ओली नै हाम्रो तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुन्छ, उहाँले चाहदासम्म ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता