- बिमल अधिकारी

जीतपुरः देउमाइ नगरपालिका वार्ड न ८ इलाम स्थित चौबन्दी चोकमा पशु पालन तथा गोठ ब्यवस्थापन सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
उन्नति परियोजना इलामको आर्थिक सहयोग र निशा डेरी उद्योगको आयोजनामा सन्चालन भएको प्रशिक्षण कार्यक्रममा पशुमा लाग्ने विभिन्न रोगहरु, त्यस्का लक्षण र नियन्त्रणका उपाय ,गोठ ब्यवस्थापन तथा सुधार , पशु खाद्यान्नको ब्यवस्थापन लगायतका बारेमा कृषकहरुलाइ जानकारी दिइएको थियो।
स्थानीय जीतपुर मा. वि. मा सञ्चालित टेक्स (TECS) कार्यक्रम अन्तर्गतको पशु बवज्ञान विषयका कार्यक्रम ब्यवस्थापक डा. निशान्त शाह र सहायक प्रशिक्षक सुरेश कट्टेल ले सहजीकरण गर्नुभएको तालिममा स्थानीय ४५ जना अगुवा पशुपालकहरुको सहभागीता रहेको थियो।