साङरुम्बामा बाँदरले नगदेवालीमा सखाप


  • धमप्रसाद जवेगु

इलाम, बाँदरले बालीनाली सखाप पारेपछि इलाम नगरपालिका–१२ साङरुम्बाका किसान चिन्तित बनेका छन् । खेतबारीमा लगाएको खाद्यबाली बाँदरले सखाप पारेपछि साङरुम्बाका ५ सय घरपरिवारका किसानले हैरानी व्यहोर्नु परेको हो । खेतबारीमा पाकेर थन्क्याउन ठिक्क भएका मकै तथा नगदेबाली बाँदरले खाएर सखाप पारेको किसानले बताएका छन् । ‘पहाडका लागि मुख्य बाली भनेकै अदुवा, अलैची, मकै हो । नजिकै ठूलो जंगल भएकाले पनि समस्या जटिल बन्दै गएको किसानको भनाई छ । दर्जनौंको बथानमा जंगलबाट आउने बाँदरले बालीनाली खान थाले पछि घाम झुल्के सँगै बाँदर धपाउन किसानहरु बारीमै टहरा बनाई दिनरात पहरा दिन थालेका छन् ।
जीविकोपार्जनको मुख्य स्रोत अलैची, अदुवा, मकै भएकाले उनीहरू दिनरात आलोपालो गरी बारीमै जाग्राम बस्नपर्ने वाध्यता छ । बाँदरले मकै बाली तथा नगदेबाली सखाप बनायो स्थानिय यामबहादुर लिङदमले भने ‘यहाँका बासिन्दालाई विस्थापित नै गराउने भयो । तत्काल नगरपालिकाले बाँदर रोक्न पहल गर्नुप¥यो नभए आर्थिक उर्पाजनको बाटो नै हराउँछ ।’ मकै मात्र नभई बाँदरले अन्य बाली समेत सखाप पार्न थालेको छ । जंगलबाट आएको बादरले अुदवाको बोट भाचिदिने, अलैचीको सरो च्यातिदिने गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता