इलामका दिलकुमारको मकवानपुरमा रुखले च्यापिएर मृत्यु

बैशाख १६, २०८२


इलाम,  मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बू (रीजाले साईलो)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


उहाँले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment