बिर्तामोडमा घरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी

झापा
२०८२ बैशाख १६ गते , मंगलबार


झापाको बिर्तामोडमा दिनदहाडैघरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी फुटाई चोरी भएको हो ।


दराजमा रहेको नगद ७० हजार , सुनको ढिक अन्दाजी ५ तोला,सुनको हातमा लगाउने ब्रासलेट १ थान,सुनको सिक्री थान २ गरी जम्मा ५ तोला , औँठी थान २, चन्द्रमा ४ आनी ,सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment