मलद्वारमा लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने भद्रपुरका दुईजना पक्राउ परेका छन् । आइतबार बिहान १० बजे भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भद्रपुर नगरपालिका-१० चन्द्रगढी बजार बस्ने ४३ वर्षीय सन्तोषकुमार काफ्ले र चैतु मन्दिर बस्ने ३६ वर्षीय विजय राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् ।
मलद्वारभित्र प्लास्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको ३ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको थियो । आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment