इलामको साँखेजुङमा चिया टिप्दै गर्दा चट्याङले लागेर चारजना घाइते


इलाम, १७ बैशाखः इलाममा चिया टिपिरहेको ठाउँमा चट्याङ पर्दा चारजना घाइते भएका छन् । मंगलबार दिउँसो ४ः२० बजे इलाम नगरपालिका –१ सवाविक साँखेजुङ ६ मा चट्याङ पर्दा  स्थानीयहरुले चिया टिपिरहेका थिए ।

चट्याङले लागेर इलाम नगरपालिका –१ बस्ने ३७ वर्षीया कमला राई जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य०, सोही ठाउँ बस्ने ३१ वर्षीया रमिला राई ९जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य० , ३७ वर्षीय वीरबहादुर राई ९जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य र ३२ वर्षीय शनिकुमार राई जिल्ला अस्पताल इलाममा उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको छ उनको अवस्था भने गम्भिर रहेको वडा अध्यक्ष गायत्रि राम बस्नेतले माइपोरी न्युजलाई जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment