
इलाम : इलामको दक्षिणी क्षेत्र चुलाचुली गाँउपालिका-१ मा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा स्थानीय ५५ वर्षीयप्रसाद बहादुर राई रहेका छन्।
पूजामा गएर आउँदै गरेका उनलाई कुमाले खोलाले शनिबार बगाएको थियो। उच्च बहाव रहेको बेला खोला तर्दै गर्दा राईलाई बगाएको थियो। आइतबार अपराह्न उनको शव खोला किनारमा फेला पारी पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। चुरे क्षेत्रमा पर्ने चुलाचुलीका अधिकांश खोलामा पुल नहुँदा स्थानीय जोखिम मोलेर तर्नुपर्ने बाध्यता छ।