
काठमाडौं : ८८ किलो सुनसहित सोमबार बिहान मनोज अधिकारी पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीबाट उक्त परिणामको सुनसहित अधिकारी सुनसहित पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको हो ।
गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको उनले जानकारी दिए ।हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद भएको बताइएको छ ।