इलाम, : जिल्ला प्रहरी कार्यालय इलामको गस्ती टोलीले बुधबार एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी चौकी किटेनीको संयुक्त गस्तीले जिल्ला अदालतबाट वन मुद्दामा बयालीस हजार चारसय बत्तीस रुपैंयाँ जरिवाना तोकिएका रोङ गाउँपालिका वडा नं. ४ बस्ने ३७ वर्षिय रामबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ तामाङलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको जानकारी प्राप्त भएको छ ।