चार लाख बराबरको जग्गा निःशुल्क दान

देउमाईः देउमाइ नगरपालिका ४ का एक शिक्षकले स्थानिय संस्कृत विद्यालयलाई दुई रोपनी जग्गा निशुल्क दान गरेका छन् । देउमाई नगरपालिका पञ्च माविका प्रधानाध्यापक पदम खनाल र श्रीमती पुष्पादेवी खनालले चार लाख मुल्य बराबरको २ रोपनी जग्गा स्थानीय शिवशक्ति गुरुकुल संस्कृत पाठशालालाई निःशुल्क दान गरेका हुन् । आफ्ना स्वर्गीय बुबा आमा ज्ञानप्रसाद र शिवमायाको नाममा उनीहरुले सो जग्गा दान गरेको बताएका छन् । आठ वर्र्ष अगाडीबाट सञ्चालित सो पाठशालामा २५ जना विद्यार्थी अध्यनरत छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता