
कन्याम: उन्नति समावेशी कृषि समूहको सहयोग तथा महिला सूर्योदय बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि अलैची विकास केन्द्र फिक्कलका अञ्जलीकुमार न्यौपाने रहेको कार्यक्रममा अलैचीमा देखिने विभिन्न रोग तथा समस्याहरु बारे कृषकलाई जानकारी प्रदान गरिएको थियो ।
जस अन्र्तगत आगामी दिनहरुमा अलैची खेतीमा देखिने समस्या तथा यसको निराकरण उपायको खोजी गर्न कृषकरुको समूह समेत गठन गरिएको छ । जसले कृषकहरुको अलैची बगैचामा गएर अलैची बगैचाको स्थलगत निरिक्षण तथा अध्ययन समेत गरिने बताईएको छ । जसको लागि मेदनी पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समूह गठन गरिएको र आगामी कार्तिक ८ गते विज्ञहरुको टोली सहित स्थानीय ख्याम लुईटेलको अलैची बगानको स्थलगत अध्धययन तथा निरीक्षण गर्ने बताईएको छ । कार्यक्रममा कृषि विद अनिलकुमार त्रिपाठी, सवईन्जिनियर सरोज यादव वडा सदस्य टीका पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।