सन्दकपुर गाउँपालिकालाई चौैतीस लाख मुल्य बराबरको जग्गा प्राप्त

इलाम,  उत्तरी इलामको सन्दकपुर गाउँपालिकालाई स्थानीयहरुले निशुल्क जग्गा प्रदान गरेका छन् । गाउँपालिकाको कार्यालयहरुलाई व्यवस्थित गर्ने उद्देश्यले उनीहरुले सन्दकपुर गाउँपालिका वडा नं. २ देउराली बजार आसपासको करिब चौतीस लाख मुल्य बराबरको १७ रोपनी जमीन निशुल्क उपलब्ध गराएका हुन् । 
स्थानीय नेत्र सुवेदीबाट चार रोपनी, कृष्ण सुवेदी र दिनेश सुवेदीबाट पाँच रोपनी, देउराली बजार व्यवस्थापन समितिबाट तीन रोपनी, धनप्रकाश राई डम्बर सुवेदी रमीला बुर्जा टिकमाया गुरुङबाट एक÷एक रोपनी, जीवन शिवा र लिला बुर्जाबाट आधा आधा रोपनी जग्गा प्राप्त भएको हो ।
गाउँपालिकाको लागि यसअघि नैं भालुकटेरी सामुदायिक वन उपभोक्ता समितिबाट करिब पचास रोपनी क्षेत्रफलको जग्गा भोगचलन गर्नको लागि उपलब्ध गराईसकेको स्थानीय दिनेश सुवेदीले चियाबारी दैनिकलाई बताए । उनका अनुसार गाउँपालिकालाई निशुल्क उपलब्ध गराएको जमीन सोमबार नैं इलाम सदरमुकामस्थित मालपोत कार्यालयमा रजिष्टेशन पास समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता