कुटिडाँडामा आगलागी हुँदा २० लाख बढीको क्षति

इलाम,  इलामको दक्षिणी क्षेत्र रोङ गाँउपालिका–३ कुटिडाँडामा आगलागी भएको छ । आज अपराहन्न ३ बजे स्थानिय विमल खवासको १ तले टिनको छानो भएको घरबाट सुरु भएको आगलागीले कर्णाखर बास्कोटाको घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट विमल उनको घरमा बस्ने बविता भुजेल बिस्थापित भएका छन । घरमा रहेको लताकपडा तथा खाध्यान्न पुर्ण रुपमा जलेको छ । स्थानियबासिन्दा, देउसी टोली र सुर्योदय नगरपालिकाको दमकलको सहायताबाट १ घण्टामा आगालागी नियन्त्रणमा आएको छ । घरमा बालिएको बिजुली सटभइ आगलागी भएको हो ।  आगालागीबाट १५ लाख रुपैयाभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष मातृका बरालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता