
झापा, ६ कातिकः जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडमा रहेको पुर्वाञ्चल एकाडेमी ईङ्गलिस बोडिङ् स्कुलका कक्षा ७,८,९ र १० का विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी र सञ्चारकर्मी सरोज पौड्याललेले उक्त चेतना मुलक कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक नियमहरु भनेको के के हुन, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडक दुर्घटनाका कारणहरु र दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको सहजकर्ता पौड्यालले बताउनुभयो ।
सचेतनाुलक कार्यक्रममा सहभागि विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियम सम्बन्धि धेरै कुराहरु सिक्न पाएको र सिकेका कुरालाई व्यवहारमा उतार्ने बताएका छन । सोहि कार्यक्रमका सहजकर्ता ट्राफिक कार्यलय झापाका प्रमुख गिरी, सहजकर्ता सरोज पौड्याल, सञ्चारकर्मी आयुष निरौला र मदन संग्रौलाले आफुले सिकेका कुरा अरुलाई पनि सिकाउन प्रेरित गर्नुपर्ने र ट्राफिक नियमको बारेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम समापन गर्दै विद्यालयका प्रिन्सिपल केशब ढुङ्गानाले यस्ता अभियनको आयोजना गरेर विद्यार्थीलाई यस्ता सचेतनामुलक कार्यक्रम प्रस्तुत गर्नुभएकोमा सहजकर्ता पौड्याल र ट्राफिक प्रमुख गिरीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा कक्षा ७,८,९ र १० का गरि १०० जना बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।