बिङ्गोमा परेको एकलाख बृद्धाश्रमलाई

इलाम, 7  कार्तिक जिल्ला समन्वय समिति इलामका प्रमुख इञ्जिनियर तथा निमित्त स्थानिय विकास अधिकारी ओमराज ढुङ्गानाले हाउजी (बिङ्गो) मा परेको एकलाख एघार हजार एक सय ११ रुपयाँ बृद्धाश्रमलाई हस्तान्तरण गरेका छन् । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा इलाम बजारमा सञ्चालन गरिएको हाउजीमा उनलाई एकलाख चार हजार नगद परेको थियो । ढुङ्गानाले आफ्नो तलबबाट सात हजार एक सय एघार रुपैंयाँ थपेर बृद्धाश्रमलाई हस्तान्तरण गरेका हुन् । उनले इलाम नगरपालिका १० गोदकमा सञ्चालित माइभगवती बृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई सोमबार एक कार्यक्रमका बिच सो रकम हस्तान्तरण गरे । 
ढुङ्गानाले आफ्ना स्वर्गीय पिता डिल्लीराम ढुङ्गानाको नाममा सो रकम हस्तान्तरण गरेको बताए । बृद्धबृद्धाको लालनपालन र स्याहार सुसारमा खर्च हुने गरि रकम हस्तान्तर गरिएको उनको भनाई छ । बृद्धाश्रमको अक्षय कोषमा रकम जम्मा गरिने बृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले जानकारी दिइन् । दाहालले रकम उपलब्ध गराएकोमा ढुङ्गानालाई धन्यवाद समेत ब्यक्त गरिन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका सभापति गणेश बरालले बृद्धबृद्धाको सम्मान गरे मात्र आफुले पनि सम्मानित जीवन यापन गर्न सकिने धारणा ब्यक्त गरे । आगामी दिनमा जिससले भ्याए सम्म सहयोग गर्न समेत आफुहरु तयार रहेको उनले बताए । चितवन भरतपुर महानगरपालिका घर भएका ढुङ्गना तीन वर्ष देखी जिल्ला समन्वय समिति इलाममा कार्यरत छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता