‘टिकट पाउने पक्का छ, झलनाथलाई हराएरै छोड्छु’ कांग्रेस नेता भुपेन्द्र कट्टेल

आगामि प्रदेश सभा र प्रतिनिधि सभा चुनाव नजिकिएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ सक्ति पार्टी एक भएर चुनाव लड्ने तयारी छन् । इलाममा बाम गठबन्धन भएर चुनाव लड्दा स्थानीय तहको मत हेर्ने हो भने नेपाली काग्रेसका उमेद्धवारले जित्ने संभावना कम छ । तर, नेपाली काग्रेस साविक क्षेत्र नम्बर एकका पूर्व सभापति समेत रहेका भुपेन्द्र कट्टेल भने निकै उत्साहित छन् । नेपाली काग्रेस क्षेत्रीय र जिल्ला समितिले क्षेत्र नम्बर १ को उमेद्धवार सिफारिस गरेपछि कट्टेल पार्टीले टिकट दिएमा आफुले जित्ने दाबी गर्छन् । एमालेका नेताले जितेर यो क्षेत्रमा विकास नगरेको बताउने कट्टेल आफुले टिकट पाएमा झलनाथ पराजित हुने दाबी गर्छन् । जुनसुकै क्षेत्रमा टिकट पाएमा चुनाव लड्ने भनेर छलफल कार्यक्रम गर्दै आएका  उनै भुपेन्द्र कट्टेलसँग फिक्कलमा गरिएको संक्षिप्त कुराकानी: 
बाम पार्टीहरुबिच कार्यगत एकता भएको छ तपाई भने चुनाव लड्ने योजना जोडतोडले अघि बढिरहनुभएको छ नी ?
मलाई क्षेत्र र जिल्लाले टिकटका लागि सिफारिस दिएर सम्मान गरेको छ । नेपाली काँग्रेसको पुरानो मान्छे भएकाले गाँउगाँउमा नयाँ ढंगले विकास निर्माणका कामहरु, वितिय संस्थाहरु तल्लो वर्गलाई लक्षित गरेर एजेन्डाहरुको रुपमा मैले अघि बढाउने सोच गरेकाले क्षेत्र र जिल्लाले केन्द्रमा मेरो नाम सिफारिस गरेको हो । मेरो टिकट पक्का पक्की छ । यतिको एजेन्डा बोकेर हामी तल्लो स्तरका मानिसहरुलाई माथी उठाउने कुरो छ त्यसैले हरेक क्षेत्रबाट मलाई टिकट दिने र्निविवाद छ । मैले टिकट पाए भने प्रधानमन्त्री समेत भइसकेका यस क्षेत्रका सांसद एवम विपक्षी दलका नेता झलनाथ खनालसँग प्रतिस्पर्धा गर्न म तयार छु यसमा मलाई कुनै डर छैन । भरखरैमात्र जिल्लाले मेरो नाम सिफारिस को निर्णय गर्यो त्यो स्वागतयोग्य छ ।
क्षेत्र र जिल्लाबाट सिफारिस हुनुभयो तर गुटको कुरो टिकट पाउने पक्का हो ?
हाम्रो पार्टी नेपाली काँग्रेस विधीको शासन विधान अनुसार चल्छ त्यसैले केन्द्रमा टिकटका लागी छानविन समिती बन्छ । छानविन समितीको निर्णय नै अन्तिम निर्णय हुन्छ । जहाँसम्म लाग्छ मैले टिकट पाउँछु । बाहिर जति पनि लविङको कुरो उठछु त्यो सरासर निराधार हो । अहिलेको अवस्थामा जनताले चाहेको व्यक्तिलाई नै पार्टीबाट टिकट आउँछ । मेरो टिकट पक्का छ ।
टिकट पाएपनि ३ दशक देखी नेतृत्व लिएका एमाले नेता झलनाथ खनालसँग लड्नुपर्ने हुन्छ नी ?
प्रधानमन्त्री समेत बन्नु भएका झलनाथ जीले आफनो क्षेत्रका जति विकासका कार्यहरुलाई अगाडी बढाउनुपर्ने थियो सोही अनुरुप भएन । क्षेत्र नं १ मा विकास नै नभएको भने होइन तर देशको निर्णायक स्थान पुग्दा समेत जनअपेक्षा अनुरुप नभएको सवै जनताले बुझेका छन । झलनाथ जी पनि मदन भण्डारी, मनमोहन अधिकारीहरुसँग सामाजिक लोकतन्त्र मानेर आउनुभएको हो । बहुलबादको सिद्धान्तमा आएर हामीले लोकतान्त्रिक संविधान समेत बनाइरहेको अवस्था छ । यसलाई पुर्ण कार्यान्वयन गर्नु पहिलो दायित्व हुन आउँछ । दोश्रो कुरोमा कम्युनिजमको सिद्धान्त बोकेर जति पनि नेताहरुले देशको नेतृत्व गर्नुभयो जस्तो की प्रचण्ड, बाबुराम, झलनाथ खनाल, केपी ओलीले देशको नेतृत्व पंक्ति प्रधानमन्त्री समेत बन्नुभयो । नेपाली जनताले नेपाली काँग्रेसको संसदिय व्यवस्थाको निती अनुसार नै उहाँहरुलाई प्रधानमन्त्री बनाइसकेको अवस्था हो । तर जुन उहाँहरुले गर्नुपर्ने विकास निर्माण लगायत सारा कुरा उहाँहरुले जनता माझ ल्याएको अदृश्य एजेन्डा जस्तो भएन यस कुरालाई नेपाली जनताले राम्रैसंग बुझेका छन ।
भनेपछि बामपन्थिले जनअपेक्षा काम गरेनन् भन्ने हो ? 
वामपन्थीहरु जति चोटी प्रधानमन्त्री भएपनि जनताको अपेक्षा पुरा भएन । त्यसैले अव विधीको शासन गर्ने नेपाली कांग्रेसको आवश्यक्ता छ । काँग्रेसको नेतृत्व पंक्तिबाट २÷४ वटा गल्ती भएपनि हामी देशको राष्ट्रियता, व्यवसायिकरण, मुलुकलाई समृद्धीको बाटोमा लाने नेपाली काँग्रेसको काधमा आएको छ । हामी जस्ता नेतृत्व मुलुकलाई खाचो छ । काँग्रेसले मलाई टिकट दिनुपर्छ र दिन्छ पनि । पुर्वाञ्चलमा इलाम जिल्ला कृषि प्रधान क्षेत्र हो । विभिन्न फर्महरु संचालनमा सरलिकृत गर्न सरकार लाग्नुपर्छ । यस क्षेत्र चियाको लागी सवैभन्दा राम्रो क्षेत्र हो पर्याप्त मात्रामा चिया उत्पादन गर्न हामी सक्षम छौ । हिजो पञ्चायत किन फेल भयो भन्ने सबालमा  त्यस समयमा कसैले रेडियो वा संचारमाध्यमको प्रयोग ग¥यो भने तत्कालिन गाँउ पञ्चायतलाई १० रुपैया बुझाउनुपर्थ्यो । गाँउ पञ्चायतले साधारण मानिस घर बनाएर बस्यो भने पनि १० रुपैया धुरी कर लिन्थ्यो । जनतलाई कर थोपरे कै कारण पञ्चायत फेल भयो । आज हामीले स्थानिय तहको चुनाव संविधान अनुसार गरिसकेका छौ । जनतालाई प्रत्यक्ष अधिकारको प्रत्याभुती दिन खोजी रहेका छौ । हुन सक्छ स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रतिनिधीहरु थोरै निर्वाचित भए त्यसमा आपत्ती मान्नुपर्ने छैन । हामीले नेपाली काँग्रेसको २००३ सालदेखीको एजेन्डाहरुलाई मध्यनजर गरिसकेका छौ र करहरु कसरी सरलिकृत गर्दै जनता माझ लग्न सकिन्छ भन्ने कुरामा नेपाली काँग्रेसका योद्धाहरु पोख्त छन । कुनै पनि वस्तु उत्पादनमा कर लगाइनुपर्छ तर यहाँ के छ भने जसको आम्दानी छैन उसलाई करको भारी थोपरिन्छ यस्तो कदापी हुनुहुँदैन भन्ने मेरो धारणा हो । व्यसायिक उद्योग शुन्य हुँदा दक्ष युवाहरु तास, क्यारेम, मोवाइलमा भुलिरहेका छन् । देशमा भएका उद्योगहरु निजीकरणका नाममा तालावन्दी छ । यसरी देश समृद्ध हुँदैन । सारा कुराहरु व्युँझाएर नयाँ ट्रेन्डमा गएर नयाँ आर्थिक विकासको बाटो औल्याएर युवा स्वरोजगार बनाउनुपर्छ ।
तपाइको जित कसरी सुनिश्चित छ त  ?
यो कुरामा मेरो कुनै आपत्ती छैन । हुन त काँग्रेसमा दिग्गज नेतृत्व वर्ग हुनुहुन्छ । हिजोको दिनमा विपी कोइराला, गणेशमानले मात्र पनि यो पार्टीलाई हाकेर दरवार शक्ति, अदृश्य शक्ति जस्ता कुरालाई परास्त गरेर यहाँसम्म ल्याइपु¥याएको इतिहास साक्षी छ । लोकतान्त्रि संविधान, लोकतन्त्र, प्रजातन्त्रिक अभियान, मानव अधिकार यि नै काँग्रेसको सवैभन्दा ठुलो पक्ष हो । प्रजातन्त्र बोकेको हाम्रो पार्टीले कोही संग डराउनु आवश्यक छैन । उहाँहरु कम्युनिजमबाट सामाजिक लोकतन्त्र मानेर  आउनुभएको हो । हामीले अंगिकार गरेको विधान अनुसार प्रधानमन्त्री हुनुभयो तर जुन जनताको अपेक्षा थियो सोही अनुरुप हुन सकेन । कहिले बन्दुक उठाउने, कहिले पार्टी फुटाउने, कहिले अदृश्य शक्तिको पछि कुदने जहाँसम्म लाग्छ राजनितिक गर्ने व्यक्तित्व नैतिकवान हुनुपर्छ र त्याग पनि गर्न सक्नुपर्छ । जुन कुरो हाम्रो मुलुकको नेतृत्व पंक्तिमा पाइदैन । बहुदल भनेपछि सवैलाई सम्मान गर्नुपर्छ विदेशी राष्ट्रको पनि मर्यादा राख्नुपर्छ । विधी विधानलाई अंगिकार गर्न सक्नुपर्छ । कहिले फुटने, कहिले टुटने व्यक्तिगत स्वार्थको लागी लाग्दा जनताको भलाई हुँदैन । उहाँहरु कार्यगत एकता गर्दै हुनुहुन्छ तर तल्लो तहका कार्यकताहरु यो कदमबाट खुशी छैनन् । जहासम्म आ–आफनो पद जोगाउन बाबुराम, झलनाथ, केपी ओली हरु आफनो क्षेत्रमा चुनाव जित्ने रणनितीमात्र गर्दैछन । वाम कार्यकताहरुले कतिको बुझेका छन मेरो समिक्षा यहि हो ।
झलनाथले गर्न नसकेको तपाईले जित्नुभयो भने गर्नु सक्नुहुन्छ त ?
बाजी मारेर त केही गर्दिन । सानो सानो कुराहरु वितिय संस्थाहरु गाँउगाँउमा लगेका छौ तिनीहरुको व्याज सरलिकृत गर्ने, कृषि, पशुपालन फर्महरु नयाँ ढंगबाट संचालन गराउने जुन ठाँउमा त्यस ठाँउमा सोही अनुरुपको उत्पादनको लागी बजेट विनियोजन गर्ने अव एउटा नेशनल ट्रेडिङ खोलेर संघ संस्था खोलेर चामलमा मिसावट गरेर रोल्पा पुर्याउने अभियानले हुँदैन । रोल्पा जस्तो ठाँउ छ भने पनि त्यहाँको जुनेलोलाई विकास गर्नुपर्छ । नेपालमा अधिकतम जडीबुटीको संभावना छ यसलाई प्रर्वद्धनमा लाग्नुपर्छ । अहिले हाम्रा राजनितिक दलहरु राजनितिक उथलपुथल, आन्तरिक कलह गर्नमात्र लागेका छन । यो काममा लागेर हुँदैन अस्तव्यस्त मुलुकले गति लिदैछ । निरंकुशवादी पाखा लागेका छन यस्तो अवस्थामा मित्र राष्ट्रसंग सहकार्य गरी समृद्धीको बाटो लाग्ने हो ।
लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता