लोप हुने अवस्थामा लिम्बू समुदायले खेल्ने लारीङ्गे–नाम्लिङ्गे

पाँचथर : पूर्वीपहाडी जिल्लाहरू पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम सहितका जिल्लामा रहेका लिम्बू समुदायले तिहारको समयमा आफ्नै भाषा र लयमा खेल्ने देउसी र भैलो अर्थात् लारीङ्गे र नाम्लिङ्गे पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । बलिहाङको आयुको पुकार गर्दै देउसी र भैलो भन्ने ठाउँमा यो समुदायमा लारीङ्गे र नाम्लिङ्गे भन्ने भन्ने गरिन्छ । दिन–रात तथा समयअनुकूल लारीङ्गे र नाम्लिङ्गे शब्दको प्रयोग गरिन्छ ।
तर, पछिल्लो समय युवापुस्ताले यो संस्कृतिलाई बेवास्ता गरेकाले संस्कृति नै लोप हुन लागेको भन्दै यो समुदायका अग्रजले चिन्ता व्यक्त गरेका हुन् ।
पहिला–पहिला गाउँका घरघरमा गइ लामो समयसम्म लारीङ्गे र नाम्लिङ्गे खेली संस्कृतिको संरक्षण गर्ने गरिएपनि पछिल्लो समय युवाहरु पाश्चात्य संस्कृतिमा लागेको लिम्बू संस्कृतिका ज्ञाता हरिश्चन्द्र लावतीले वताउनुभयो ।
उहाँले भन्नुभयो,“ हाम्रो पूर्खाहरुले खेल्दै लारीङ्गे र नाम्लिङ्गे हराउन लागिसक्यो अहिले जिल्लामा किराँत याक्थुङ चुम्लुङ लगायत अन्य केहि संघसंस्थाहरुले मात्रै निकालेका छन्,अहिलेका यूवापुस्ताहरु बलिहाङतङनामको बेला अंग्रेजी र हिन्दी गितहरुमा नाच्दै,हिड्दैछन्,यसप्रति हामी चिन्तित छौ ।” अहिले यसको संरक्षणका लागि किराँत याङ्थुङ चुङ्लुङलगायतका केही संस्थाले सहरकेन्द्रित देउसी खेले पनि गाउँका युवा र लिम्बू समुदायले भुल्दै गएको उहाँको भनाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता