![]() |
कार्यक्रमको समापन पछि चारपाने चोकको बरिपरी अव्यवस्थित रुपमा पानी भरि राखिएका ड्रमको पानी नष्ट गर्दै कार्यक्रमका अतिथिहरु । तस्वीर : मनिषा चम्लागाईँ / माइपोखरी न्युज |
बिर्तामोड : झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा अहिले विभिन्न संघ संस्था र जनप्रतिनिधि लागि परेका छन् । यस्तै बुधबार बिर्तामोड नगरपालिका –२, चारपानेमा डेंगु नियन्त्रणबारे जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर दुईको आयोजनामा सम्पन्न कार्यक्रमको प्राविधिक सहयोग जिल्ला जनस्वास्थ्य कार्यालय भद«पुर र चारपाने स्वास्थ्य चौकी बिर्तामोडले गरेको थियो ।
कार्यक्रममा चारपानेका स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा डेंगु ज्वरो के हो ?, डेंगु ज्वरो सार्ने लामखुट्टे कहाँ पाइन्छ ?, डेंगु ज्वरोका लक्षणहरु के के हुन् , कसरी डेंगुबाट बचने, र डेंगु लागेमा के गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । पछिल्लो समयमा झापामा फैलिएको डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष नगेन्द्र संग्रैलाले बताए ।
बिर्तामोड नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष नगेन्द्र संग्रैलाको अध्यक्षतामा भएको कार्यक्रको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईको रहेको थियो । कार्यक्रमको प्राविधिक टोलिमा जिल्ला जनस्वास्थ्य कार्यलयका महामारी फोकल पर्सन कुल बाहदुर पौड्याल, महाहारी विज्ञ जिवन चम्लागाईँ, चारपाने स्वास्थ्य चौकी अएभ अधिकृत शिव शाहा रहेका थिए ।