दोस्रो सताक्षी गोल्डकप कात्तिक २८ गतेदेखि

माईपश्चिम झापाको हालसम्मकै ठुलो राशीको दोस्रो सताक्षी गोल्डकपको तयारी सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ झिलझिले स्थित गणेशमानसिंह पाविधिक शिक्षालयको खेलमैदानमा कात्तिक २८ देखि मंसिर ७ गते सम्म हुने सो प्रतियोगिताको तयारी हुन थालेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जनाएको छ ।
पहिलो संस्करणको भव्य सफलतापछि आयोजकले दोस्रो संस्करणका लािग तयारी सुरु गरेको े आयोजक समिमितका उपाध्यक्ष फुर्वा तामाङले बताए । तीन सातापछि हुने सो प्रतियोगिताका लागि आयोजकले पहिलो चरणमा मै दान सम्याउने , झार काट्ने र घे र ाबार ा गर्ने काम सम्पन्न गर ेको छ । त्यस्तै , दोस्रो चरणको मै दान सम्याउने र झार काट्ने काम पनि तीव्र रुपमा भइर हे को आयो जक समितिले जनाएको छ ।
पहिलो सस्करणको गो ल्डकपमा आयो जकले २१ लाख ४२ हजार नाफा गर ेको थियो । नाफामध्ये को के ही र कम सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च भएको र बचेको नगदबाटै दो स्रो संस्कर णको चालु खर्च गरि ने आयो जक समितिले जनाएको छ । पहिलो संस्कर णमा आयो जकले ४७ लाखको अनुमानित बजे ट तयार गरेको थियो ।
आयोजकले लक्ष्यभन्दा १९ प्रतिशत बढी प्रगति गरेको आयोजक समितिका आर्थिक विभाग प्रमुख गणेश प्रधानले बताए । आयोजकले ५ हजार दर्शक बस्न सक्ने बेम्बो प्याराफिट निर्माण पनि सुरु गरेको छ । मै दानको चारैतर्फ प्याराफिट निर्माण हुने छ भने आकर्षक डिजाइनको स्टेज निर्माणको तयारी आयोजकले गरेको छ । पूर्वपश्चिम राजमार्गमा प्रतियो गिताका अतिथि, खेलाडी तथा दर्शकको स्वागतार्थ गेट निर्माण हुने छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति गठन गरी काम अघि बढाएको आर्थिक विभागका सचिवालय सचिव गणेश घिमिरेले बताए ।
आयोजक समितिका सचिव भाग्य सुब्बाका अनुसार भारतको एकसहित ने पालका ७ वटा ए डिभिजनका टिमले दोस्रो सताक्षी गोल्डकपमा सहभागिता जनाउने छन् । त्यस्तै , आयोजक र छिमेकी मोरङ ११ पनि सहभागी हुने पक्का भएको छ । सुब्बाका अनुसार भारतको मध्यप्रदे शस्थित डायमन्ड अफ फुटबल एकाडेमीले प्रतियोगितामा सहभागिता जनाउने छ । त्यस्तै , मनाङ मस्र्याङ्गदी, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, रुपन्देही ११, रमपम झापा ११ ले आयोजकसँग प्रतियोगितामा सहभागी हुने सम्झौता गरेका छन् । हिमालयन शेर्पा र संकटा क्लबमध्ये एउटा टिमले दोस्रो सताक्षी गोल्डकपमा सहभागी हुने तय भएको छ ।
आयोजकले पनि होम टिम तयार गर ेर प्रतियोगितामा सहभागी हुने जनाएको छ । प्रतियागिता विजेताले नगद ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र उचाल्ने छ । उपविजे ताले २ लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ । यसै गरी,प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीलाई नगद १० हजारले पुरस्कृत गरिने आयो जक समितिले जनाएको छ ।
सर्वाधिक गोलकर्ताले नगद २५ हजार को उपाधि हात पार्नेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर , स्ट्राइकर , डिफे न्सलाई २० हजार नगद प्रदान गरिने आयोजक समितिले जनाएको छ । टुर्नामेन्ट अफ दि प्लेयरका विजेतालाई नगद ५० हजार ले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।
पहिलो संस्करणको उपाधि नेपाल पुलिसले हात पारेको थियो । प्रतियोगितामा कुल ८१ लाख लागतको बजेट आयो जकले यसअघि सार्वजनिक गरेको थियो । आयोजकले ४९ लाख ५० हजार खर्चगरी ३१ लाख ५० हजार बचत गर्ने लक्ष्यका साथ अगाडी बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता