मिस मेचीको अडिसन इलाममा हुने

इलाम, ७ मिस मेची २०१७ को अडिसन इलाममा हुने भएको छ । कात्तिक अन्तिममा हुने अडिसनमा १६ वर्ष देखि २४ वर्ष उमेर समूहका किशोरीहरुले सहभागिता जनाउन पाउने छन् । ड्रिम्स वल्र्ड इन्टरनेश्नल प्रालि झापाले आयोजना गर्ने प्रतियोगितामा पहिलो अडिसन पछि तीस जना छनौट गर्ने र छनौटमा परेकाहरुलाई एक महिना तालिम दिइने आयोजक संस्थाका कार्यकारी निर्देशक प्रणित पुडासैनीले मंगलबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराए ।  
उत्कृष्ठ प्रतिष्पर्धीलाई नगद ५० हजार रुपैंयाँ सहित उच्च शिक्षाका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने समेत जनाइएको छ । मिस मेची प्रतियोगिता अन्तर्गत ब्यक्तित्व विकास सम्बन्धि ज्ञान दिइने कार्यकारी निर्देशक पुडासैनीको भनाई छ । नृत्य, गायन, ब्युटी टिप्स, ब्यक्तित्व विकास तथा अतिरिक्त सीप सिकाइने बताइएको छ । प्रतियोगिता इलाम सहित पाँचथर, ताप्लेजुङ र झापामा सञ्चालन गरिने छ । पहिलो चरण पछिको सबै अडिसन झापामा हुने बताइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता