- गोबिन्द पौडेल
अरु पेशा र ब्यवसाय गर्ने हरुको लागि बिदा र चाडबाड भएपनि पत्रकारीता गर्नेहरुको लागि भने बिदा त हैन कहिल्यै फूर्सद नहुने ,ब्यवस्तता रहने गरेको छ ।
चाडबाडका मुख्य दिनहरुमा पत्रिकाहरु बन्द रहने भएपनि रेडीयो टेलिभिजन र अनलाइनहरु संचालन भइरहने र नया कुरा के हुन्छ त्यसको जानकारी नागरिकलाइ गराइ रहनु पर्ने भएको कारणले पनि पत्रकारीतामा बिदा रफूर्सद नभइ सधै चनाखो भएर बस्नुपर्ने र तत्काल आवश्यकिय स्थानमा पुग्नुपर्ने बाध्यता नै रहेको हुन्छ।
यसरी नागरिक हरुलाइ सुचना दिइ रहनु पर्ने र चाडबाड पनि मनाउन कसरी संभव होला भन्ने जिज्ञासामा इलाम एफ एम का समाचार सम्पादक तथा नया पत्रिका दैनिकका इलाम समाचार दाता खेम भूजेल ,चियाबारी एफ एम का स्टेसन मेनेजर तथा समाचार प्रमुख प्रेम अधिकारी र रेडीयो नेपाल बाणी एफ. एम का समाचार प्रमुख गणेश घिमिरेको समान धारण रहेको छ बरु आफू बढी खटेर भएपनि अन्य साथीहरुलाइ पालो मिलाएर चाडबाड मनाउने प्रचलन रहेको छ तर सुचना प्रबाहको लागि भने जुनसुकैर जस्तोसुकै बेलामा पनि तैयारी रहनु पर्ने बाध्यता रहेको हुन्छ । यता रेडी फिक्कलका भावना न्यौपाने भने आफ्नो रेडीयोमा थोरै स्टाफ भएको कारणले पनि जतिसुकै र जुनैबेलापनि खटिरहनु पर्ने हुदा मिलाउन सक्ने साना तिना आफ्ना कामहरुलाइ छाडेर भएपनि नागरिकलाइ सुसुचित पार्न आफू तैयारी अवस्थामा रहने गरेको बताछिन् ।
यता टेलिभिजन पत्रकारहरुलाइ भने चौबिसै घण्टा समाचार संकलनको लागि तैयार भएर बस्नुपर्नेहुदा आफूहरुलाइ बिदा र फूर्सद हैन कता जाने पनि टुङ्गो हुलैन । नेपाल टेलिभिजनका इलाम समाचार दाता बिजय शेखर भट्राइ भननु हुन्छ आज एउटा काम लागयो अकैतिर घटना भए पुग्नु पर्ने हुदा हिडाइको समेत ठेगान हुदैन । इलामबाट प्रकासित हुने चीयाबारी दैनिकका उप सम्पादक समेत रहेका माउन्टेन टेलिभिजनका , कारोबार दैनिकर रेडीयो फिक्कलका इलाम सदरमुकाम समाचार दाता टीका खतिबडा भन्छन् पत्रिकाले राहत दिएपनि रेडीयो र टेलिभिजनको समाचारको लागि सधै क्रियाशिल नै रहनु पर्छ । यस्तै धारणा नयूज टुएन्टि पो टेलिभिजन इलामका समाचारदाता बिनय तिम्सिनाको रहेको छ । उनी थप्छन् जिम्बेबारी लिएको कारण नागरिकलाइ जसरी भएपनि सुसुचित गनै पर्छ ।
त्यसोत चाडबाडमा सबै नागरिकलाइ फूर्सद हुने भएको कारण समाजमा बिभिन्न घटना हुने भएकोले अरु बेला भन्दा पनि सक्रिय रहनु पर्ने आगन एफ एम र रेडीयो फिक्कलका समचारदाता गणेश अर्यालको भनाइ रहेको छ ।