
बिर्तामोडः बिर्तामोड नगरपालिका १ का सन्थाल जातीको नृत्यलाई आवश्यक पर्ने ५ हजार मुल्य बराबरको पोशाक स्थानिय सावित्रा कुमारी लुइटेल घिमीरेले दिएकी छिन् । घिमीरे अन्तराष्ट्रिय झापाली समाजकी केन्द्रिय सदस्य हुन् । बिर्तामोड नगरपालिका वाड नम्बर १ को वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि घिमीरेले उक्त पोशाक सन्थाल जाती उत्थान समिति बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष धेना बेस्रालाई हस्तान्तरण गरिन् ।
सन्थाल जातीको नृत्यको संरक्षणको लागि आफुले नृत्यका लागि आवश्यक पर्ने पोषाक उपलब्ध गराएको उनले बताईन् । बिर्तामोड नगरपालिका १ की लुईटेल बिगत १२ वर्ष देखी इजरायलमा बस्दै आइरहेकी छिन् । कार्यक्रम बिर्तामोड नगरपालिका वाड नम्बर १ का बडा अध्यक्ष अग्नी प्रसाद पाण्डेको संयोजनमा भएको थियो ।