इलाम, सदरमुकामस्थित सेतिदेवी वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना मृत्तक सदस्यको परिवारलाई राहत प्रदान गरेको छ ।
इलाम नगरपालिका वडा नं. ६ निवासी मृत्तक सदस्य कटबहादुर लिम्बुको परिवारलाई आईतबार राहत रकम बीस हजार रुपैंयाँ प्रदान गरेको संस्थाका व्यवस्थापक कृष्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार सहकारीमा आवद्ध शेयर सदस्यहरुको मृत्यु भएमा राहत स्वरुप एकमुष्ठ रकम दिने संस्थाको नीति अनुरुप रकम प्रदान गरिएको बताए । उक्त राहत रकम सहकारी संस्थाकी अध्यक्ष सुसिला सापकोटाले परिवारजनलाई हस्तान्तरण गरेकी थिइन् ।