ताप्लेजुङमा प्रतिनिधिसभामा नौ र प्रदेसभामा सात दलको उम्मेदवारी कुन दलबाटको ? (नाम सहित)

ताप्लेजुङ,  आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक स्वतन्त्र सहित नौ दलले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभाको निर्वाचनका लागि सात दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ताप्लेजुङमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको सिट संख्या रहेको छ ।
प्रतिनिधिसभा
  • एमाले–माओवादी केन्द्र गठबन्धनः– योगेश भट्टराई
  • काँग्रेसः– केसव प्रसाद दाहाल
  • नयाँ शक्तिः– चन्द्र सावा
  • संघिय लिम्बुवान मञ्चः विष्णु याक्सो
  • राष्ट्रिय जनमुक्तिः आईतराज माबोहाङ
  • राप्रपा राष्ट्रबादीः– डिल्लि विष्ट
  • संघिय समाजबादी फोरमः– कुमार साम्यू
  • मङ्गोल नेसनल अर्गनाईजेसनः– छविन्द्र गुरुङ
  • स्वतन्त्रः डिल्लि प्रसाई

प्रदेशसभा (क)
  • एमालेः– बलबहादुर साम्सोहाङ
  • काँग्रेसः– लिला बोखिम
  • संघिय लिम्बुवान मञ्चः डिवि खुदाङ
  • राष्ट्रिय जनमुक्तिः बलबहादुर लिम्बु
  • राप्रपा राष्ट्रबादीः गायत्री थेवे
  • नयाँ शक्तिः– मान बहादुरर गुरुङ
  • संघिय समाजबादी फोरमः भक्त बहादुर एङ्देन


प्रदेशसभा (ख)
  • नेकपा माओवादी केन्द्रः– टंक आङ्बुहाङ
  • काँग्रेसः– दिपेन्द्र कुमार सेन्दाङ
  • संघिय लिम्बुवान मञ्चः मुक्साम लाबुङ
  • राष्ट्रिय जनमुक्तिः याम कुमार आङ्बुहाङ
  • राप्रपा राष्ट्रबादीः सपना सामेखाम
  • नयाँ शक्तिः– विसाल लिम्बु
  • संघिय समाजबादी फोरमः सुखविर लिम्बु

जिल्ला अदालत ताप्लेजुङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजे देखिनै कर्मचारी मनोनयन दर्ताका लागि बसे पनि दलहरु करीब  १२ः३० बजे मात्रै मनोनयन दर्ताका लागि पुगेका थिए ।
ताप्लेजुङमा सबै भन्दा पहिले जनमुक्ति पाटीले दुई प्रदेश सभा र एक प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएको थियो भने नेपाली काँग्रेसले दोस्रो र नेकपा एमाले, माओवादी केन्द्र गठबन्धनले तेस्रोमा मनोनयन दर्ता गराएका छन् ।
यस पटकको निर्वाचनमा ताप्लेजुङमा अधिकाँस उम्मेदवार नयाँ अनुहारका देखिएका छन् भने प्रदेश सभामा दुई जना महिलाको उम्मेद्वारी परेको छ । महिला उम्मेदवारमा प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र क बाट काँग्रेसकी लिला देवि बोखिम र ख बाट राप्रपा राष्ट्रबादीकी सपना सामेखमको उम्मेदवारी दर्ता भएको छ ।
मनोनयन दर्ताका लागि नेपाली काँग्रेस जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा एमाले माओवादी केन्द्र गठबन्धन भने नौमति बाजा र झाँकी सहित उमेद्वारलाई लिएर नगरपरिक्रमा गरीरहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता