- हरि गुरुङ

धेरै मानिसको अहिले चियागफ,पान पसल,जम्काभेटमा चर्चाको बिषय सर्वत्र बिशेष विषयबस्तु बनेको छ भालु ढुङ्गा।
अहिले वर्तमान परिप्रेक्ष्यमा फेसबुकमा सर्वाधिक भाइरल भएको भालु ढुङ्गा हालको इलाम नगरपालिका वडा नम्बर ६ गढिथुम्कामा पर्छ। इलाम सदरमुकाम इलाम बजारबाट ३ किमी। दुरिको छोटोयात्रा ओपिधाराबाट चियाबारी हुँदै चियावारी वरपरको सम्म परेको ग्राभेल सडकबाट चियावारीको सुन्दर दृश्यहरुको रस्वासादन गर्दै सेल्फिको भरपुर मज्जा लिदै सपरिवार, साथीभाइ,मायालु जोडिहरु सहजै पैदलमार्ग,मोटरसाइकिल,गाडी घोडाबाट सहजै भालु ढुङ्गा पुग्न सक्नु हुनेछ।
गाडि लैजानु हुने पर्यटकहरुले पार्किङ्ग चियावारी को सिमा सकिएको ठाउमा पार्किङ्ग गरेर पैदल यात्रा तय गर्न सक्नु हुनेछ,हुन त भालु ढुङ्गा सम्मै गाडी जान सक्छ तर पार्किङ्गको ठाउँ पर्याप्त छैन।नवआगन्तुकहरुको बाटो मार्ग सहजताका लागि ठाउँ ठाउमा बोर्ड,एरो,रुखमा कलरिङ्गलाइ पछयाउदै जानू भयो भने पनि सहजै सङ्ग भालु ढुङ्गा पुग्न सक्नु हुनेछ।चियावारी को सिमा सकिए नजिकै सिंह देवि,जलपा देवी,जलकन्या देविको पवित्र मन्दिर पनि पर्छ।जहाँ स्थानिय समुदायहरुको धार्मिक आस्था र विस्वास बढी छ।ओडारे सामुदायिक बनको हाता भित्र रहिको विशाल भिमकाय ढुङ्गा जहाँ कुनै समयमा बनझाक्री बसेको गुफा,महादेवको पाइला,भालुढुङ्गा गोलघरबाट पारी तोरीबारीको सुन्दर गाउबस्ती,गुरुकुल,हाइड्रोपावर,चुरेघाटीको गुम्बा,मौसम खुल्ला भएको बेलामा जस्विरे स्थित इलाम एफ एम को टावर,सन्दकपुर,छिन्तापु,तल बेसिको धानखेती,सुन्दर फाट,अनि घोडाको टाउको आकारमा बगेको पुवाखोलाको सुन्दर दृस्यावलोकन गर्न सकिन्छ।
सामुदायिक जङ्गल हाता भित्र रहेका कालिज,लुइचे लगायतका विभिन्न प्रजातिका चराचुरुङ्गीहरु पाइन्छ।सुन्दर शान्त वातावरण रहेको यो ट्र्याकमा हाइकिङ्ग,मर्निङ वर्क,फुट ट्रेल,फरेस्ट वाथको लागि उपयुक्त मानिन्छ भने छोटो दुरिको पैदल यात्रा गर्न चाहने नवआगन्तुकलाई थकान बाट विश्राम गर्न पेन किलरको काम गर्नेछ। सम्भवत स्थानिय गढिका सकृय युवाहरु लगायत पर्यटनलाई माया गर्ने विभिन्न तह तप्काका जुझारु युवाजमात,बुद्धिजीवी,पत्रकार,नागरिक समाज ,नागरिक अगुवा,स्थानिय व्यापारी,संघ सस्था,स्थानिय सरकार,लगायत समुदायको प्रभुद्द बर्गको सामुहिक पहलमा नागरिक स्तरबाटै स्वतस्फूर्त द्रुतगतिमा निर्माण भै रहेको इलामकै अति महत्वाकांक्षी योजना हो ओपिधारा चियावारी भालुढुङ्गा पर्यटन प्रवर्द्धन विकास क्षेत्र को यो योजना।
![]() |
भालु ढुङ्गाबाट देखिएको पुवाखोलाको दृष्यः |