बालसूर्य चिनाउने अन्तुडाँडा, मंसिरलागे सँगै भिडभाड

इलाम, ११ मंसिरः जमिनमा पहाड राम्रो र अझ हिमाच्छादित पहाड झन् राम्रो मानिन्छ । पानीको भागमा समुद्र अति रमणीय हुन्छ । यसको कारण हो यी भागमा मानवोचित सौन्दर्य अनुभव गर्ने प्राकृतिक वातावरण हुन्छ । हिन्दू धर्म अनुसार श्रृष्टिपालक शिवजी हिमालमा बास गर्छन् । र, त्यो हिमाल भनेको निश्चय पनि हाम्रो अधिनमा भएको सगरमाथा हो । शिवजी सगरमाथाको चुचुरोबाट हामीले शान्त घोषणा गरिएको नेपाललाई सधैँ आप्mना तीन नेत्रहरूले हेर्ने गर्छन् । जङ्गल, बुट्यान, नेपालीले लगाएका स्थायी हरिया बाली हेर्दै शङ्कर चक्षु गङ्गा नदी र भूमध्यसागर सम्म पुग्ने गर्छन् । अश्विनी कुमारले प्रयोग गर्ने जडिबुट्टीदेखि संसारलाई हराभरा बनाउने जलभण्डारण, सागरतटीय शीत, पाठसहित भाष्करदेवको विश्वपरिक्रमा गर्ने नियमित मार्गको एकै पटक अवलोकन गर्न सकिने स्वर्ग कुनै हो भने नेपाल हो । उष्णकटीय तातो वायु आप्mनो स्वाभावले चूर हुँदै उकालो लाग्दै गर्दा चाँदी आकारको हिमश्रृङ्खलामा पुग्दा नपुग्दै सारा धमण्ड त्यागेर पानीपानी हुनपुग्छ । नेपालीलाई जीवनरस पिलाउन आदित्यदेव बिनम्र रुपमा प्रत्येक दिन प्रकट हुन्छन् र पवनदेवलाई उकास्छन् । भन्छन्, ‘जाउ हिमालसँग पौँठेजोरी खेल र रुप बदलेर मेरा प्यारा नेपाली, उनका जमिन र बालीहरूलाई त्राण भर ।’
दिशाहरूमा राम्रो पूर्व किनभने बालअदित्यदेवको संसारलाई बिउँझाउने पहिलो कदम पर्ने पूर्व दिशा हो । मृगसावक, डमरु, बाख्राको चञ्चले पाठो, मानव शिशु जो प्रगतिपथका प्ररम्भिक पाइला चाल्दै हुन्छन् मन नपराउने कोही हुँदैन । बालसूर्यको कोमल किरणको स्पर्शबाट पीडित हुने जीव संसारमा कोही छैन । धर्तीको पूर्वी गोलार्धमा अवस्थित नेपालले संसारका हरेक स्थानको प्रतिनिधित्व गरेको छ । अझ पूर्वी नेपाल सूर्योदयको पहिलो किरण पर्ने स्थानमध्येको एउटा श्री अन्तु हो । बङ्गालको खाडीबाट जस्तो गरी उदाउन लागेका सूर्यको स्वर्णथाली आकृति हेर्न सकिने श्रीअन्तु डाँडाको मौलिकतामा कुनै आँच नपुर्याइ सूर्योदयको दर्शन गर्न सकिने ब्यवस्था मिलाउन मानवीय भौतिक संरचना गर्न अग्रसर अग्रजहरू धन्यवादका पात्र छन् । अग्रजहरूले चिनाउन सफल यो भूमिलाई हामीले नासोको रुपमा लिनै पर्ने छ र यसलाई सस्तो लोकप्रियता माथि उठेर संसारका जो कोहीको गन्तब्य स्थलको रूपमा परिणत गर्न निश्वार्थ भावनाले लाग्नु छ । यसले नेपाल र नेपालीमाटोको महत्तालाई बढाउने छ ।
संसार हेर्ने आँखाको नानी सानो छ, शरीर चलाउने मुटुको छिद्र९भल्भ० सानो छ । मोतीको दाना सानो भएपनि मुल्यवान हुन्छ । मत्ताहात्तीलाई तह लगाउने अङ्कुश सानै हुन्छ, मानिसको विवेक स्थिर राख्ने कुनै भाँडो छैन । नेपाल चिनाउनलाई सारा देश सुनौलो बनाउनु पर्छ भन्ने महत्वाकाङ्क्षाका पछि दौढनु भन्दा सबैको मन आकर्षित गर्न सफल भएका हाम्रा निश्चित देवस्थल, प्राकृतिक स्थल र अन्य सम्पदाहरूको संरक्षण र सम्बद्र्धनमा ध्यान दिऊँ । अन्तु डाँडालाई यो अवस्थामा पुर्याएर पर्यटकहरूको चित्ताकर्षण गर्न स्थानीयहरूको ठूलो योगदान रहेको छ । तुलनात्मक दृष्टिले हेर्दा सरकारी स्तरबाट ठूलो योगदान भएको देखिन्न । यसतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ । राजनेताहरूले पनि राजनीतिको अभिमतीय दूनु भर्ने चालमात्र नगरेर यसलाई राष्टिूय लगानीको अवसर पाउने अवस्थामा पुर्याउन्, स्थानीय र जिल्लाबासीले पनि यसमा दत्तचित्त फराकिलो पार्नु पर्ने देखिन्छ । सन्दकपुर दैनिकबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता