
इलाम, ११ मंसिरः चर्चामा रहेका युवा तथा समाजसेवी नेताहरु मध्ये लोकप्रिय नेता डम्बर खड्का इलाम क्षेत्र नम्वर २ को १ बाट प्रदेशसभामा अत्याधिक मतले जित्ने आँकलन हुन थालेपछि इलाममा कम्युनिष्ट गठबन्धन अत्तालिएको छ ।
इलामका अधिकांस वडामा काँग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढे सँगै डम्बरको जित पक्का भएसँगै कम्युनिष्ट गठबन्धन अत्तालिएको हो ।यस क्षेत्रका चर्चित र प्रभावशाली युवा नेता खड्काको निर्वाचन क्षेत्रमा र जिल्लैभरी काँग्रेसमा प्रवेश गर्ने नेताहरुको जनलहर बढदै गएको छ ।
कांग्रेसकै एक नेताले डम्बर इलामको सबैभन्दा प्रभावशाली उम्मेदवार भएका कारण जित पक्का भएको बताए । पछिल्लो समयमा डम्बरका पक्षमा जनलहर देखिए पछि एमालेहरु अतालिएर सामाजिक संजालमा गालि गर्न थालेका छन् । कांग्रेस इलामका सचिव निरोज खड्गीले स्वस्च्छ राजनितिमा आउन कम्युनिष्ट गठबन्धनलाई आग्रह समेत गरेका छन ।
इलाममा अहिले सम्ममा सयौ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन । डम्बरको जनलहर देखेर एमाले तथा वामगठबन्धनका उम्मेदवार अत्तालिएका छन । पढ्न नपाएका बालबालिकादेखि उपचार नपाएका बिरामीसम्म सहयोगी हात बढाउँदै आएका डम्बरले आफु स्वच्छ र गरीब दुखीको सेवाका लागि चुनावी मैदानमा आएको भन्दै चुनाव जित्ने पक्का भएको दावी गरे ।
उनले इलामको विकास गर्ने आफु प्रतिबद्धताका साथ लागी परेको भन्दै पार्टी भन्दा माथी उठेर विकास निमार्णमा लाग्ने वताए । उनले भने म इलामको विकासका लागी निर्वाचन लडेको हुँ र म आश्वसन देखाउने मात्र नेता हैन । २०४१ सालबाट राजनीतिमा जमेका खड्का नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी यस अघि नै सम्महाली सकेका छन । उनले गरेको सामाजिक कार्य र सरसहयोगका कारण उनी इलाममा युवा माझ लोक प्रिय र चर्चैचर्चामा छन् ।