स्याउमा मैन जस्तो सेतो पदार्थ छः उपभोक्ता

  • मनिषा चम्लागाईं
बिर्तामोड, २० मंसिरः अधिक मात्रामा उपभोग हुने फलफूल स्याउमा मैन बत्तीमा प्रयोग हुने सेतो पदार्थ भेटिने गरेको उपभोक्ताले गुनासो गरेका छन्। 
बजारमा बेच्न राखिएको स्याउमा त्यस्तो पदार्थ रहेको बिर्तामोडका अधिकांश उपभोताको गुनासो छ। बजारबाट किनेर लगेको स्याउ आगोमा सेकाउँदा सेतो तरल पदार्थ पग्लिएर बग्ने गरेको उपभोक्ता सुनाउँछन्। स्याउको बाहिरी भाग खुर्कंदा पनि त्यस्तो पदार्थ भेटिने गरेको छ। विशेषगरी चाइनिज भनेर चिनिने ठुलो र बढी चमकदार स्याउमा यस प्रकारको पदार्थ भेटिने गरेको उपभोक्ताले दाबी गरेका छन्। 
स्याउको बोक्रामा प्रयाप्त मात्रमा पैष्टिक तत्व पाइने विज्ञहरुको भनाइ छ। तर, बोक्रामा लेपन गरिएको अखाद्य तत्वले स्याउको प्रयोगमा भय सिर्जना गरेको छ। बोक्रममा त्यस्तो अखाद्य पदार्थ भेटिएपछि उपभोक्ताले डराइडराइ स्याउ किन्ने गरेका छन्। स्याउ हरेक परिवारको भान्सामा प्रयोग हुन्छ।
उपभोक्ताको गुनासो
स्याउको सिजन सुरु भएसँगै बाहिरी मुलुकबाट नेपाली बजारमा स्याउ भित्रिने क्रम बढ्छ। स्याउको किनबेच यही समयमा बढ्नु स्वभाविक मानिन्छ। तर, यही समयमा काँकारभिट्टा हुँदै बिर्तामोडमा भित्रिएको स्याउमा मैनको मिसावट भएको बिर्तामोडका गजेन्द्र पौडेल बताउँछन्। युनिकम नेपालका अध्यक्ष समेत रहेका उनले भने, ‘स्याउ किनेर घर लगे, त्यसपछि बिस्तारै खुर्किए मैन जस्तै ठोस वस्तु निस्कियो।’ यस प्रकारको अखाद्य वस्तु नेपाल भित्रिरहँदा सरोकारवाला के हेर्दै छन् रु पैडेलले प्रश्न गरे। उनले थपे, ‘धारिलो हतियारले स्याउलाई खुर्किंदा मैन देखियो, मै ले सम्बन्धित निकायलाई गुहारे कसैले कुरा सुन्नु भएन जति सक्दो चाँडो यसको अनुगमन गर्नु आवश्यक छ।’
धेरै उपभोक्ताहरुलाई अझै थाहा छैन कि स्याउमा अखाद्य वस्तुको मिसावट छ। यस प्रकारका खाद्यवस्तुले मानव शरीरलाई अप्रत्यक्ष रुपमा असर पु¥याउने भएकाले यसको अनुगमन गर्नु पर्ने उपभोक्ताहरु बताउँछन्। 
चिकित्सकको भनाइ
स्याउमा चमक ल्याउनका लागि मैनको लेप गर्ने गरेको बताउँछन्, बिर्तासिटी अस्पतालका डाक्टर शरद भट्टराई। उनले भने, ‘यो प्राकृतिक तत्व होइन, यसले मानव शरीरलाई अप्रत्यक्ष रुपमा असर गर्दछ अन्य प्रकारको केमिकल पनि हुन सक्छ।’
यदि मैनको सट्टामा अन्य केमिकल रहेछ भने यसले मानव शरीरलाई अझ असर पार्ने सक्ने उनले प्रष्ट पारे। डा। भट्टराईले मानव स्वाथ्यमा गम्भीर असर पर्ने विषादी समेत खाद्य वस्तुमा प्रयोग गरिनु जनस्वास्थ माथिको खेलवाड भएको बताए। उनले विषादीयुक्त खाने कुराले मानिसमा कडा खाले रोग लागेको प्रष्ट्याए। 
कर्मचारीको तर्क
कृषिथोक बजारमा काजमा रहेका बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेलले विषादी परीक्षण निर्देशिका जारी नहुदाँ कारबाही गर्न समस्या भएको बताए।
उनले विषादी परीक्षणका लागि पर्यापत स्थान नभएको र छुट्टै दरबन्दीको व्यवस्था नहुँदासम्म प्रभावकारी काम गर्न नसकिने बाध्यता खोले। ‘विषादी जाँच्ने काम स्थानीय निकाय, प्रदेश वा केन्द्र कसको मातहातमा रहने निक्र्यौल छैन’, उनले भने, ‘स्पष्ट कार्यदेश भएन भने काम गर्न कठिन हुन्छ।’
अधिकृत खरेलले विषादीको ३५ प्रतिशत रेञ्च भन्दा कम भए उपभोग्य वस्तु खान सकिने बताए। ४५ प्रतिशत रेञ्च देखिए एक सातासम्म राखेर खान मिल्ने उनको भनाइ छ।  तर, ४५ प्रतिशत भन्दा बढी रेन्च रहेछ भने विषादीको ल्याब परीक्षण गरेर खान अयोग्य हुन्छ। र, त्यस्तो विषादीयुक्त फलफूल बेच्ने व्यक्तिलाई कसुर हेरी कारबाही हुने उनले बताए।
खरेलले केही दिन अगाडि स्याउमा मैन बत्ति बनाउने पदार्थ लेपन गरेको चर्चा चले पछि बिर्तामोडमा केही स्याउ पसलबाट लगेर जाँच गरिएको बताए। अधिकृत खरेलले हेरेर मात्रै कुनै पनि उपभोग्य वस्तुमा अखाद्य पदार्थको मात्रा छुट्याउन नसकिने जनाए। 
खाद्य वस्तु नेपाल भित्र्याइँदा भन्सारमा क्वारेन्टाइन कार्यालयले परीक्षण गरेर मात्र भित्र्याउने नियम छ। यति मात्र नभएर बिर्तामोड कृषिथोकमा पनि विषादी मापन केन्द्र सञ्चालनमा छ। यहाँ निरन्तर परीक्षण गरिरहेको बताउँछन्, खरेल। उनले भने, ‘हामीले परीक्षण गर्दा अहिलेसम्म कुनै पनि प्रकारको विषादी भेटिएको छैन। तर, स्याउको बोक्रामा सेतो चिल्लो पदार्थ देखिएको छ।
परीक्षणको लागि आवश्यक सम्पूर्ण मापदण्ड अझै पूरा नभएको कारण केही समस्या भएको उनले बताए। लामो समयदेखि बन्द रहेको प्रयोगशाला विगत तीन महिना अघिदेखि सञ्चालनमा आएको छ। प्रयोगशाला सञ्चालनमा आए पनि प्रभावकारी परीक्षण हुन नसकेको प्रमाणित गर्छ बजारमा बेच्न राखिएका खाद्य वस्तुले।
व्यापारीको भनाइ
स्थानीय व्यापारी विकेश जैशवालले स्याउमा केमिकलको मिसावट भएको बताए। मिसावट नभएको खाद्य वस्तु कमै हुने जैशवाल बताउँछन्। आफ्नो गोदामबाट पनि विषादी अवषेश दु्रत विश्लेषण प्रयोगशाला इकाईमा परीक्षण गर्न खाद्य वस्तु लाने गरेको तर त्यसबाट आफूलाई कुनै पनि पृष्ट पोषण प्राप्त नभएको उनले बताए। 
स्याउको प्रयोग गर्दा हुने फाइदा 
विज्ञहरुका अनुसार भिटामिन सी प्राप्त हुने स्याउ स्वास्थ्यका लागि फलदायी मानिन्छ। दैनिक रुपमा एउटा स्याउ खाएमा धेरै प्रकारका रोगबाट बच्न सकिन्छ।
स्याउको प्रयोगले स्मरणशक्ति बढाउने, मुटुलाई स्वस्थ्य राख्ने, मधुमेह लाग्ने सम्भावना कम गर्ने, कोलेस्ट्रोल नियन्त्रण राख्ने, मिर्गौलामा हुन सक्ने पत्थरीको समस्याबाट बचाउने,  कलेजो सफा राख्न सहयोग गर्ने, अनावश्यक तैल बढ्न नदिने, रगत सफा राख्ने जस्ता रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ। 
यस किसिमको फाइदा हुने फल फूलमा अप्राकृतिक बस्तुको मिसावट गरेर दिनानुदिन नेपाल भित्रुयाइने गरेको छ। स्याउको उपभोग गर्नुअघि उपभोक्ता स्वयमले खान योग्य छ या छैन भन्ने कुरामा विचार पु¥याउनु पर्ने देखिन्छ। दिनानुदिन नेपाल भित्रने खाद्य वस्तुमा मिसावट भएको अखाद्य तत्वले मानव स्वास्थ्यमा असर पु¥याइरहेको छ। अखाद्य वस्तुको सेवनबाट मानवमा गम्भीर प्रकृतिका रोग लागने र अल्पायुमा नै मृत्यु हुने खतरा बढेको चिकित्सकहरुको मत छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता