इलाम १२ पुष : पछिल्लो समय मोफसललाई कर्म क्षेत्र बनाएर संगितको क्षेत्रमा रमाउँदै आएका गायक श्रीकृष्ण लुइटेल (बोकेदारी) को हालसालै यु ट्युवबाट सार्वजनिक भएको गीतले निकै चर्चा पाएको छ । एक समयमा ‘ए वाउ किन्देउ न भटभटे’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । गीत संगितलाई आफ्नो व्यवसायका रुपमा लिँदै आएका बोकेदारीले यो क्षेत्रमा निकै सघर्ष गर्दै आएका छन् ।
यु ट्युव मार्फत भरखरै सार्वजनिक भएको बोकेदारीको ‘सुनको सिक्री’ बोलको गीत बजारमा निकै चर्चामा छ ।
उनको गीतलाई ६ लाख ८० हजार वढिले हेरिसकेका छन् । गीतमा स्वर गायक श्री कृष्ण लुईटेल र मनिषा पोखरेलको रहेको छ । गीतमा अहिलेको समाजमा देखिने गरेको बिषयलाई उठान गर्न खोजिएको छ ।
गायक लुइटेल समाजमा भए गरेका विकृति र विसंगतिका विषयमा ठाडो औंला उठाउने गायका रुपमा पनि परिचित छन् । तर यस गीतमा भने समसामयिक बिषयलाई गीतमा उतारेका छन् ।
