राज्यको सम्पत्ति बाँडेर राजनीति गरेको होइन : डम्बर खड्का

इलाम, १८ मंसिरः नेपाली काँग्रेसका युवा नेता एवम् प्रदेशसभाका उमेद्वाार डम्बर खड्काले जनताले कर तिरेको रकम आफ्नो खल्तिको जस्तो गरेर बाँड्ने र विकासको प्रलोभन मात्रै देखाउन  आफूले राजनीति नगरेको बताएका छन् । आइतबार इलाम चोक बजारमा आयोजित विशाल सभा तथा पार्टीमा नवप्रवेशी माझ उनले पाँच वर्षलाई जनताले पत्याएमा विकासको ढोका खोल्ने  दावी गरे । 
उन्नति मार्फत बनिएको सडक पनि मैले बनाएको भन्छन् । एमाले नेता सुवास नेम्बाङलाई लक्षित गरी खड्काले भने । जिल्लामा जति पनि आयोजना योजना आएपनि मैले गरेको भन्ने एमालेका नेताहरुले भन्दा आफ्नो कमाई लगानी गरेर जिल्लामा विकासका योजना संचालन गरेको उनले दावि गरे । एमाले नेताले विकासका योजना संचालन गर्दा उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता राखेर राज्यको सम्पत्तिमा खेलबाड गरिएको उनको दावि थियो ।   शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील विषयमा एमालेका जनप्रतिनीधिले राजनीति गरेको र गरिवका छोरा छोरी डाक्टरी सम्म पढ्न नसक्ने अवस्था सिर्जना गरेको आरोप खड्काको थियो । नगरपालिकामा दोहोरो तेहोरो करको मारमा जनता परिरहेका छन् । 
जग्गाको कर, व्यवसाय कर, अन्य कर दोव्वर तेव्वर बृद्धि भएको छ । हुदा हुँदा एमालेका नेताहरु सरकारले बृद्ध बृद्धालाई एक गिलास दुध, औषधी खानलाई दिएको बृद्धभत्तालाई पनि आफूले दिएको भनेर भोट मागिरहेका छन् । राज्यको ढुकुटीमा एमालेका नेताहरुले रजाई गरेपनि इलाममा विकासको नाममा सिन्को नभाँचेको उनको ठम्याइ छ । प्रधानमंत्री भएको जिल्ला इलामको मुटु माइपोखरी जाने सडकको अवस्था हेरेर जनताले एमालेलाई मुल्याँकन गर्नुपर्ने खड्काले बताए । इलामलाई तराइसँग जोड्ने बेलासे इलाम सडक फास्ट ट्याकलाई प्राथमिकता दिएर आफूले काम गर्ने उनले बताए । आफूले प्रदेशसभामा निर्वाचित भएमा सेवा सुविधा नलिने र त्यसबापतको रकम बृद्धबृद्धालाई उपलव्ध गराउने घोषणा उनले यस अघि नै गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता