पहिलो चरणमा भएको मतदानको मतगणना आजैबाट

२१ मंसिर, काठमाडौं । मंसिर १० गते पहिलो चरणमा भएको मतदानको मतगणना  आजै साँझबाट मतगणना सुरु हुने छ भन्ने  आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ ।

आयोगका अनुसार पहिलो चरणका निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ । आयोगका प्रवक्ता नवराज ढकालले  भने, ‘आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हुन्छ ।’

आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।

आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता