कुन नेताले कहाँबाट मतदान फोटो फिचर

काठमाडौ,प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असीग्राम माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका गरेका छन् ।
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्दै ।  रासस
इलामको बालमन्दिर मतदान केन्द्र (ख)बाट बिहीबारको निर्वाचनमा मतदान गर्दै क्षेत्र–२ का उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङ । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस
नारायणमान बिजुक्छेले गरे मतदान
 भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे। 
प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: नारायण अधिकारी, चितवन, रासस 

पुर्वप्रधानमन्त्री  तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले ईलामको सुर्यदय नगरपालिकाबाट मतदान गरेका छन् ।
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौंस्थित सानो गौचरन मतदान केन्द्रमा मतदान गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी । तस्बिर ः रत्न श्रेष्ठ, रासस
एमाले उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : गीता कुँवर, अछाम, रासस
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर : यज्ञराज आङदेम्बे, दमक, रासस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस
पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस
प्रतिनिधिसभा र प्रदेश सभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेकपा एमालेका उपमहासचिव बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गर्दै ।  तस्बिर : भरत केसी, बुटवल, रासस
काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै । तस्बिर : सौजन्य–पोखरेलको सचिवालय, रासस

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता