इलाममा चौथो र पाँचौं पटक विजयी हुने भाग्यमानी को हुन् सुवासचन्द्र र झलनाथ ?

  • बिनय तिम्सीना,

सुवासचन्द्रको चौथो जित
इलाम । पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र न २ वाट चौथो पटक विजयी भएका छन् । नेम्वाङले नेपाली काग्रेसका केशब थापालाई ९ हजार ६५४मतले पराजित गर्दै नयाँ संविधान जारी भएपछिको प्रतिनिधि सभाको यात्रा शुरु गरेका हुन् ।
नेम्वाङले ३६ हजार ५१४ मत प्राप्ति गरेका छन् । उनका प्रतिद्धन्दि केशब थापाले २६ हजार ८६० मत प्रात्ति गरेका छन् । नेम्वाङ चौथोपटक विजयी भएका हुन् ।
यस अघि इलामको निर्वाचन क्षेत्र २ वाट २०५६ देखि निरन्तर सो क्षेत्रबाट विजयी हुदै आएका छन् । उनले २०६४ र २०७० संविधान सभा निर्वाचनमा पनि विजय हासिल गरेका थिए ।
इलाम नगरपालिका २ को हाकिम टोलमा २००९ सालमा वुवा स्व. रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट जन्मीएका सुवासचन्द्र नेम्बाङले कानूनमा स्नातक (बीएल) गरेका छन् ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख भएका थिए । उनले २०४८ र २०५२ मा दुई पटक राष्ट्रिय सभाको अध्यक्ष भएका थिए ।
उनी २०५६को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष भएका थिए ।
कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसकेका छन् । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष भएका थिए ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।
उनी नेकपा (एमाले)का तर्फबाट कानून तथा न्याय मन्त्री बनेका थिए । २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वा्चित भै संविधान सभाको अध्यक्ष भएका थिए ।
झलनाथ खनाल पाँचौ पटक विजयी
इलामः पूर्व प्रधानमन्त्री, नेकपा एमालेका पूर्व अध्यक्ष एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचौ पटक विजय हासिल गरेका छन् ।
खनालले नेपाली काग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका हुन् । खनालले ३६ हजार ८०७ मत प्राप्ति गरेका छन् भने उनका प्रतिद्धन्दि कट्टेलले १९ हजार ६३७ मत प्राप्ति गरेका छन् ।
खनालले २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वाचित भएर विजय यात्रा शुरु गरेका थिए । २०५१ सालको मध्यवाधि निर्वाचनमा खनाल पुनः संसद सदस्यमा इलामबाट निर्वाचित भए । २०५६ सालमा नेपाली काग्रेसका नेता वेनुपराज प्रसाईसंग पराजित खनालले २०६४ र २०७० को निर्वाचनमा विजय हासिल गरेका थिए । यस पटक उनले आफ्नो प्रतिस्पर्धीनै नभएको प्रतिकृया दिदै आएका थिए ।
२००६ साल चैत ६ गते इलामको साँखेजुङमा जन्मिएका खनाल पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तान हुन् । बाल्यकालमा घर परिवारले ‘जन्तरे’ भनेर बोलाउने खनाल विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिवसम्म भएका थिए ।
२०४७ सालमा नेकपा माक्र्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै खनाल २०६६ सालको बुटवल अधिवेशनपछि एमालेको अध्यक्ष भए ।
पार्टी अध्यक्ष भएपछि खनाल २०६७ माघ २० मा प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए । खनाल त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक हुन । उनले वि।सं। २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । कम्युनिष्ट पार्टीको सदस्यता लिएसंगै राजनैतिक यात्राको सुरूवात गरेका खनालले ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौं जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गरे ।
राजनैतिक जीवनको सुरूवातसंगै विज्ञान विषयको शिक्षकका रूपमा उनले केही समय जागीरे जीवन बिताए । उनी २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष पनि भए । राजनीतिमा संलग्न भएकै कारण उनले जागीर पनि गुमाए ।
खनाल २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत १४ महिना जेल परे । राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि उनी ६ महिना जेल परे ।
जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका खनाल २०३३ सालमा झापामा पक्राउ परे । खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए । पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए । झापा विद्रोहपछि उनी २०३१ सालमा गठित ’क्रान्तिकारीहरूको संगठन’ को ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए । २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए ।
२०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि खनालको नेतृत्वदायी भूमिका थियो । त्यसयता नेकपा एमालेको पाँचौं छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर उनले काम गरे ।
२०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेले पराजय ब्यहोरे लगत्तै तत्कालिन महासचिव माधव नेपालले राजीनामा दिएपछि सो जिम्मेवारी खनालले सम्हाले । उनी २०६६ सालमा बुटवल महाधिवेशनबाट अध्यक्ष भए ।
नआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए । २०४९ सालको एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित भयो । खनालले जबजलाई ’दक्ष प्रजापतिको टाउको’ भनेर गरेको टिप्पणी निकै चर्चित भएको थियो ।
०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए । २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी केही समय भूमिगत भए । खनालले अब सबै दललाई मिलाएर मुलुकको समृवृद्धिको यात्रामा लाइने बताएका छन् । न्युजट्वान्टीफोरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता