- माइपोखरी न्युज

प्रतिनिधि सभा निर्बाचनमा झापा क्षेत्र नम्बर १ शुरु देखि नै चासो र चर्चाको क्षेत्र थियो । आम नेपालीहरुमा कौतहलता विषय बनेको मत परिणाम आइतबार विहान सार्वजनिक भएपछि सामाजिक संजालहरुमा झापा १ बाट विजेता उम्मेदवार भन्दा पनि उपविजेता बनेका युवा नेताप्रति समर्पित देखियो ।
कांग्रेस नेता विश्वप्रकाश शर्मा माओवादी केन्द्रका सुरेन्द्र (राम) कार्कीसँग पराजित भएपछि विजयी कार्की भन्दा पनि पराजित विश्वप्रकाश प्रति मानिसहरुको शुभेच्छा ब्यक्त भइरहेको छ ।
कार्कीको बौद्धिकतालाई सम्मान गर्ने र विजयी भएको खुशीयालीमा बधाई दिने भन्दा पनि शर्माको राजनीतिक शैलीप्रति मानिसहरु नतमस्तक जस्तै देखिएका छन् । कुशल व्यक्तिव, तार्किक क्षमता र मिलनसार नेताको परिचय बनाएका विश्वप्रकाशलाई सामाजिक संजालमा पराजित भएकोप्रति शान्तवना दिदैं शुभेच्छा ब्यक्त गर्नेहरुले ‘हारेर जितेका नेता’का रुपमा प्रशंसा गरिरहेका छन् ।
शर्माले कार्कीलाई विजयी भएपछि माला लगाइदिदैं गरेको तस्वीर पोष्ट गर्दै सिताराम बरालले भनेका छन् ‘साँच्चिकै जय नेपाल भन्न लायकको राजनीतिक संस्कार । मुहारमा अलिकति पनि पीडा छैन, बरु विजयी प्रतिद्वन्द्वीप्रति सम्मान छ । यस्ता प्रतिद्वन्द्वी पाएकोमा राम दाईलाई पनि बधाई छ ।’
रविन्द्र रोकायले ‘आफु असफल हुँदानी यति सफलता देखाउन सक्ने तागत नेपाली काँग्रेस र नेपाली काँग्रेसको सिपाही भन्दा अरु कसै संग छ र सम्मान छ बिश्वप्रकाश शर्मालाई मेरो गर्व छ लोकतन्तवादीहरु ।’
गर्व लाग्छ तपाईंलाई देखेर
राजनीति संस्कार सिक्नु छ त विश्वप्रकाससँग सिक्नु ,
आज दिपक मनाङ्गेले जित्दै गर्दा तपाईंले हार्नुभयो दाजु
सायद यसलाई नै राजनीति भनिन्छ ।’
डिल्ली सापकोटाले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘राजनीतिक संस्कार भएकाहरु नै पछि पर्ने त रहेछन् ।’
सर्वेन्द्र निरौलाले फेसबुकमै लेखेका छनः ‘चुनाबका उत्कृष्ट प्रतिस्पर्धी, जित्नेलाई भन्दा पनि हार्नेलाई बधाई, हार व्यहोरेकाले कान्ती सहित यसरी बिजेतालाई सम्मान गर्नु ठुलो कुरा हो, हाम्रो समाज र परिबेशमा असल र अनुकरणीय व्यवहार ।’
लीला प्रसाद भण्डारी लेखेका छन् ‘चुनावमा विपक्षीलाइ कहिल्यै गाली गरेनन् , कडा बोलेनन, आफ्ना समर्थकलाइ समेत सयमित रहन आग्रह गरिरहे, आफू पछि परिरहँदा समेत सबैलाइ उत्साह प्रदान गरिरहे, कति राम्रो अनुकरणिय संस्कार ! अनि कति राम्रो आदर्श !! उनले धेरैको मन जिते तर ब्यालेट भित्रको मत जित्न सकेनन, प्रतिस्पर्धीलाई बधाइ र अङ्कमाल गर्न समेत कतै चुकेनन, यी र यस्तै सस्कार अनि राजनितिका कुशल युवा नेतृत्व ।’ विश्वप्रकाश प्रति सम्मान अनि मतदाता र शुभेक्षुक प्रती हार्दिक आभार ।’
सौरभले लेखेका छन् ’एउटा प्रतिनिधि तस्विर ! राजनीतिक संस्कारको तस्विर । अर्को विचार र पार्टी मुक्त भन्दै हिन्नेहरुलाई जवाफ दिएको तस्विर । राजनीति एउटा संस्कार हो र घृणा संस्कार भित्र पर्दैन । राजनीति विचारको लड़ाई हो र यहाँ विचारले जित्नपर्छ । अर्को विचारलाई निषेध गर्ने सोच राख्नेहरु असल राजनीतिज्ञ होइनन् । विश्वप्रकाशलाई शसक्त प्रतिपक्षीको रुपमा संसद भवन भित्र देख्न नपाएपनि असल राजनीतिज्ञको रुपमा देशमा देखीरहन पाउ ।’
मुकुन्द उप्रेतीले लेखेका छन् ‘सुरुवात जति सुमधुर थियो अन्त्य पनि सुमधुर विजयी वा पराजय दुबै ले मनन् गरेकै कुरा हो । तर कहिल्यै नमिठो बोलेनन् , कसैको विरोध गरेनन् दुबै बौद्धिक, व्यक्ति, दुवै देशको लागि आवश्यक नेता । दुवै सालिन, नैतिक व्यक्ति । तर एकले हार्नुनै थियो , नतिजा आयो । तर रामदाईले जितिरहदा हार्दा पनि बधाई दिन पहिले अविर लगाउने विश्वप्रकास शर्मा एक महान नेता ,जनका नेता, जय होस ।’
चिरन तिम्सिनाले ‘मलाई दुख यसमा छैन कि म हारे । मलाई दुःख यसमा छ कि झापा १ का जनताले मलाई चिन्न सकेनन् । विश्वप्रकाश शर्मा ।’ ‘हामी देश विग्रीयो भनेर ठुला ठुला गफ हाक्छौ, नेता खराब भए भनेर सत्तो सराप गर्छौ जब नेता चुन्ने बेला आउछ अनि विश्वप्रकाश र विश्वप्रकाशहरुलाई शुलिमा चढाउछौ । धिक्कार छ हाम्रो विवेकलाई । मेरो लाख लाख सलाम छ त्यो महान आत्मालाई । विश्वदाई तपाईंले यो फोहोरी चुनाव मात्र हार्नुभएको छ इमान जमान र निष्ठामा रहेका लाखौ युवाको दिल जितेर सधै हृदयमा बास गर्नु भएको छ, ढुकढुकी बन्नुभएको छ । विश्वप्रकाशलाई शसक्त प्रतिपक्षीको रुपमा संसद भवन भित्र देख्न नपाएपनि असल राजनीतिज्ञको रुपमा देशमा देखीरहन पाउ । फेरी पनि लाख लाख सलाम छ मेरो ।’
विजयी डालिमिया ले फेसबुकमै स्टाटस राख्दै लेखेका छन्
‘क्षमा चाहन्छु दाजु
हजुर जति को नेता लाइ
चिन्न सकेनन जन्ता ले
आजैको मिति बाट सकृय राजनिती बाट सन्यास लिदैछु ।’
विद्याजित ओलीले लेखेका छन् : ‘हारेपछि धाँधली भो भनेर उफ्रीने प्रचण्ड जस्ता पनि छन् । गगन थापाबाट परास्त भयपछि परिणाम नस्वीकारेर ब्राल्लीने नन्दकिशोर पुन जस्ता पनि छन् । मत पत्र च्यात्ने पनि छन् । प्रतिस्पर्धीलाई फूलमाला पहिरिदिएर बधाई ज्ञापन गर्ने चन्द्र भण्डारी र विश्वप्रकाश शर्मा जस्ता पनि छन हाम्रै समाजमा ।’
विश्वप्रकाशप्रति शुभेच्छुकहरुले देखाएको सदभावले सामाजिक संजालमा स्थान जमाइरहेको छ । विजयीको खुशीयालीमा राम कार्कीप्रति जति बधाई तथा शुभकामना आउनुपर्ने त्यो भन्दा तेब्बर गुणा बढी विश्वप्रकाशले तारिफ कमाइरहेका छन् ।
२९ सय १५ मतले कार्कीसँग शर्मा पराजित भएपछि पहिलोपटक फुलमाला र खादा पहिर्याएर बधाई र शुभकामना दिन शर्मा आफैं पुगेका थिए । त्यही क्षणका तस्वीरहरु सार्बजनिक भएपछि शर्माप्रति सदभाव र शुभेच्छा व्यक्त गर्नेहरुको लहर नै चलको छ ।
कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् । स्थानीय निकायको मत परिणामलाई आंकलन गर्ने हो भने बाम गठबन्धनको कम र कांग्रेसका उम्मेदवारको मत अत्याधिक बढी हो ।
शेर बहादुर देउवाले प्रधानमन्त्रीको कुर्सी सम्हालेपछि विश्वप्रकाशलाई राजनीतिक सल्लाहकारको रुपमा नियुक्ती गर्ने चर्चा चलेको थियो । होचो कद र हसिलो चेहेराका उनी राजनीतिक संस्कारका रुपमा उच्च नेता मानिन्छन् ।
शर्मा २०७० सालको संविधानसभा चुनावमा झापा १ बाटै नेकपा एमालेका रविन कोइरालासँग पराजित भएका थिए । सिन्धुलीमा २०४८ सालको चुनावमा पराजित भएका कार्की २०६४ सालको चुनावमा ताप्लेजुङबाट उम्मेदवार बनेका थिए । २०७० सालको चुनावमा सुरेन्द्र समानुपातिकतर्फबाट सभासद बनेका थिए ।