मृगौला पिडित पत्रकार मायालाई नारी सञ्चार गृहको सहयोग

झापा, १२ पुसः दुबै मृगौला ड्यामेज भएर उपचारको क्रममा रहेकी बरुण  सप्ताहिककी सम्पादक माया पकुवाललाई नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपणका लागि जान लागेकी पकुवाललाई सञ्चार गृहले बुधबार विहान उनकै निवासमा पुगेर सहयोग प्रदान गरेको हो ।
उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृह झापाकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, कोषाध्यक्ष सुशीला संग्रौला, सदस्यद्वय रेजिना गौतम र लीला अनमोलले बुधबार विहानै उनकै निवासमा पुगेर सहयोग हस्तान्तरण गरेका थिए । पकुवाल नारी सञ्चार गृहकी सदस्य हुन् ।
पकुवाल बुधबार विहान नेपाल एयरलाइन्सबाट काठमाडौं गएकी छिन् । पकुवाललाई उनका जेठाजु सौरव प्रधानले एउटा मृगौला दिने भएका छन् ।
१५ बर्षदेखि झापामा रहेरै पत्रकारिता गर्दै आएकी ४६ बर्षीया पकुवालको मृगौलामा गत बैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए ।
टाउको दुख्ने र रिङ्टा चल्ने समस्या आएपछि २०७४ बैशाखमा पकुवाल धरानस्थित वीपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मृगौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।
औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मृगौला प्रात्यारोपण गर्न सल्लाह दिएको पति सञ्जयले बताए । चिकित्सको सल्लाह बमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि माया गएकी छिन् ।
हालसम्म ५ लाख बढी रुपैयाँ खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपील गरेको छ । उनको उपचारमा १२ लाख रुपैयाँ खर्च लाग्ने पति सञ्जयले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता