- गोबिन्द पौडेल

रोङ १२ पुसः बितेको नौ बर्ष अगाडी तीन बर्ष जति नियमित लागेर बन्द भएको र्मुचुङ्गे बजार पुन संचालनमा आउने भएको छ ।
रोङ गाउपालिका वडा नं ५ साबिक इरौटारको र्मुचुङ्गे डाडामा २०५५ पौष २१ गतेबाट संचालन हुदै आएको साप्ताहिक हाट तीन बर्ष जति चलेर बन्द भएको थियो । हरेक मंगलबार लाग्ने उक्त हाटमा तत्कालिन समयमा भैतिक पूर्वाधार सडक र बिजुलीको अभाव रहेपनि अहिले उक्त स्थानमा सडक र बिजुलीको अभाव नरहेको र बजारको पूर्वाधार समेत विकास हुनुको साथै उक्त क्षेत्रको नागरिकहरुको आवश्यक्तालाइ सहजै पुरा गर्न बजार लगाउने तैयारी गरिएको रोङ ५ का वडाध्यक्ष युवराज राइले बताए । बजार लगाउने तैयारी गर्न गत ११ गते जनप्रतिनिधि, समाजका नागरिक भद्रभलादमी, जाजनैतिक दलका प्रनिनिधि र ब्यपारीहरुको भेलाले पूर्व गाबिस उपाध्यक्ष रण बहादुर राइको अध्यक्षतामा बालकुमार राइ उपाध्यक्ष र कमल बहादुर राइ सचिव रहेको एघार सदस्यीय बजार ब्यवस्थापन समिति गठन गरेको छ । यहि पौष महिनजामा देखीनै बजार संचालन गर्ने तैयारी गरिएको सो स्थानमा बजार समितिको स्वामित्वमा अढाइ रोपनी जमिन र एउटा भवन समेत रहेको वडाध्यक्ष राइले बताए ।
रोङ ५ इरौटार, रोङ ६ को जिर्मले मेची नगरपालिका र बुद्धशान्ति गाउ पालिकाको नागरिकहरुलाइ प्रतक्ष फाइदा पुग्ने संभावना देखीएको सो बजार संचालनको लागि ब्यपारीहरुसग पनि एक चरणमा कुरा भइ सकेकोले उनीहरुपनि सकरात्मक रहेको पाइएको छ ।
यता गाउपालिका अध्यक्ष समसेर राइ पनि बजार लाग्ने र लगाउने कार्यमा गाउपालिका सकरात्मक रहेको भन्दै स्थानिय आवश्यक्ताको आधारमा जिर्मलेको थर्पुबजार र शान्तिपुरको अन्य बजारहरु पनि संचालन गर्नुपर्ने र यसका लागि गाउपालिकाले सक्दो सहयोग गर्ने बताउनु हुन्छ । बजार लगाउनु सकरात्मक कुरा हो त्यसमा पनि स्थानिय नागरिकहरुले बजारमा किनने भन्दा बेच्ने कुरा बढी होस भन्ने कार्यमा गाउपालिकाले जोड दिएको उहाको भनाइ रहेको छ ।