भन्सारमा रहेका अदुवाका गाडी गोदाम फर्किए, सरकारी पक्षबाट समस्या समाधानमा पहल नहुँदा किसान व्यापारी मारमा

इलाम, ९ माघः बिगत सत्रदीनदेखी काँकरभिट्टा भन्सरमामा भन्सारहुने पर्खाईमा रहेका करीब साठ्ठीवटा अदुवालोड भएर काकरभीट्टा सीमामा रहेका गाडी भारतीयपक्षको माथिको आदेश भन्दै निकासी नहुने भएपछी पुन फर्काएर सवै व्यवसायीले आ– आफ्नो गोदाममा अदुवा अन्लोड गराएकाछन्।
बिगतमा पनी पटक पटक बिना सूचना भारतीयपक्षबाट हुँदै आएको समस्याका बावजुत केहीदीनको प्रतीक्षामा अदुवा भन्सार हुने गरेको थियो  तर यस पटक भने अदुवा निकासी नहुने भए पछि व्यापारीहरुले अदुवा गोदाममा ल्याएको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेल बताउछन् ।
अदुवा निकासीको समस्या स्थानीय जनप्रतीनीधीहरुको पहुँच भन्दा बाहीर भएरहोला, प्रदेश सांसदहरुलाई सफतको चटारोले होला, केन्द्रीय संसदहरुलाई सरकार गठनको चटारोले होला, उद्योगवाणीज्य संघको पहललाई भारतीय समकक्षीले समय नमीलाईदीएको कारणलेहोला, सरकारी स्तरमा यो समस्या प्राथमीकतामा नपरेरहोला आखीर घाटा खप्ने ब्यापारी र प्रत्यक्ष मारपर्ने किसानलाई हो । पूर्वी नेपालको  प्रमुख आयस्रोतको रुपमा रहेको अदुवा निकासी नहुँदा असरपर्ने राष्ट्रीय अर्थतन्त्रलाई हो।
यस समस्यालाई संवेदनसील समस्याको रुपमा लिएर राज्यको नेतृत्व तहबाटै भारतीय समकक्षीसँग कुटनीतिक पहल गरि दीर्घकालीन समस्याको सामाधानको लागी किषन एवं व्यवसायीको तर्फबाट अनुरोध गर्दा पनि सरकार भने कानमा तेलहलेर वसेकोले पनि यो समस्या समाधान हुन नसकेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता