
इलाम । नेपाली कांग्रेस इलामले राष्ट्रिपतीको उम्मेदवारमा पुर्व महामन्त्री कुलबहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । माघ ८ गते बसको जिल्ला समितीको बैठकले गत निर्वाचनको समिक्षा गाउ नगर र जिल्ला तहमा गरी प्रतिवेदन केन्द्रमा पठाउने, राष्ट्रिय सभा सदस्यमा उम्मेदवार सिफारिस गर्ने देखि लिएर कुल बहादुर गुरुङलाई राष्ट्रपतिको लागी केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यसै गरी बैठकले राष्ट्रियसभाको लागी तोयानाथ भट्टराई र निर्मला सन्जेललाई सिफारिस गर्ने निर्णय भएको नेपाली कांग्रेसका सभापती हिमालय कर्मचार्यले बताए । माघ १७ गते जिल्ला कार्य सम्पादन समितीको बैठक बस्ने भएको छ ।