- मनिषा चम्लागाईँ
विषेश गरी युवा पुस्ता सो कार्यक्रममा उपस्थित थिए । सहभागी र जानकार बीच साइवर अपराधका बारेमा सवाल(जवाफ भयो । पछिल्लो समय साइवर अपराध सम्बन्धी गतिविधि बढेकाले न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा साइबर अपराध सम्बन्धी विशेषज्ञ अभिजित गुप्ताले साइवर अपराध हुन सक्ने स्रोत, यसबाट पर्ने असर र न्यूनीकरणको उपयाका बारेमा जानकारी गराए । व्यक्तिगत संस्थागत सूचना , सरकारी डिजिटल दस्तावेज , सुरक्षा योजना, बैंक तथा वित्तीय कारोवारमा बढ्दो प्रविधिको प्रयोगसँगै जोखिम रहेको गुप्ताले बताए । पछिल्लो समयमा विकास भएका विभिन्न किसिमका सामाजिक सञ्जालको दुरुपयोग जान्ने व्यक्तिहरुबाट नै भइरहेको उनको दावी छ । ‘जान्नेहरुले नै अपराध गर्छन्, यो साइवर अपराधका घटनाले प्रंमाणित गरेको छ ’ गुप्ताले भने, ‘विषेश गरेर युवा पुस्ता र केही प्रविधि जान्नेहरुले गलत काम गरेको पाइन्छ ।’
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले सामाजिक सञ्जालको माध्यमबाट ठगिनेको संख्या प्रतिदिन बढिरहेको जनाए । कोइरालाले विषेश गरी फेसबुकको माध्यमबाट ठगिनेको संख्या बढी भएको जानकारी दिदैँ यसको असर युवा पुस्तामा पर्ने गरेको उनले सुनाए । सुचना प्रविधि मानव जीवनको अभिन्न अंग भएको उल्लेख गर्दै यसको प्रयोगमा सिमितता अपनाउनु पर्नेमा कोइरालाले जोड दिए । ‘हामी हरेक दिन हाम्रा सम्पूर्ण गतिविधि फेसबुकको माध्यमबाट सार्वजनिक गछौँ, यसले गर्दा हामी कहाँ, कुन अवस्थामा छौँ भन्ने कुराको जानकारी अपराधीले पाइरहेको हुन्छ ’ उनले भने, ‘सामाजिक सञ्जालकै माध्यमबाट हामी फसिरहेका छौँ ।’ उनले प्रहरी कहाँ साइवर अपराधका उजुरी बढेको तथ्याङ्क सुनाए ।
क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनाललको अध्यक्षतामा भएको कार्यक्रममा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य दिपेश पाठकले सूचना र प्रविधिको विकाससँगै निम्तिएका समस्या समाधान गर्ने लक्ष्य क्यानको रहेको जनाए । उनले भने, ‘समाजले भोग्नु परेका समस्याको पहिचान गरी त्यसको न्यूनीकरणका लागि क्यान लागिपरेको छ ।’ पाठकले साइवर अपराध न्युनीकरण गर्न जान्ने बुझ्नेहरु नै सजक हुनु पर्ने बताए ।
कार्यक्रममा सरकारी निकाय तथा निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकाय , शिक्षक तथा युवाको सहभागिता थियो । क्यान झापाका सदस्य रोशन बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोशन दाहालले गरेका थिए ।
पछिल्लो समय फेसबुकमा फेक आइडी बनाउने, त्यसबाट गलत सामग्रीहरु पठाउने , फसाउने जस्ता अपराध ह्वात्तै बढेको छ । यसलाई रोक्न प्रहरीले छुट्टै ‘सेल’ गठन गरेपनि कतिपय अपराधीहरु प्रहरीको दायरामा आउन सकेका छैनन् । साइवर अपराधलाई नियन्त्रण गर्न पनि त्यत्तिकै कठिन भइरहेको छ । समाजका गन्नेमान्नेहरुबाटै धेरैले पीडित हुनुपरेको घटनाक्रमले देखाउँछ । यसलाई रोक्न आफूलाई प्रतिष्ठित भन्न रुचाउने र बुझक्डहरु नै सच्चिनु पर्छ ।