जीतपुर, ९ माघ, इलामको जीतपुरमा नकआउट फुटबल प्रतियोगिताको उपाधि नेपालटारले उचालेको छ । जीतपुरमा नेपालटार र पानिटार विच भएको फाईनल खेलमा पानीटारलाई हराउँदै नेपालटारले उपाधि जितेको हो । खेलको निर्धारित समयमा कुनै पनि टीमबाट गोल नभए पछि टाइब्रेकरमा नेपालटारले ३-२ ले उपाधि जितेको हो । सामुदायिक विकास समिति जितपुरको आयोजनमा भएको यो प्रतियोगित अघिल्लने वर्ष देखि निरन्तर हुँदै आएको र आगामि दिनमा पनि निरन्तर हुने संस्थाकि यसोदा खनालले माईपोखरी न्युजलाई जानकारी दिनुभायो ।
समितिले खेलकुद वाहेकका अरु पनि सामाजिक कामहरु गर्दै आएको र वृद्धवृद्धाहरुको लागि मन्दीर बनाउने तयारीमा लागेको पनि खनालले जानकारी गराउनु भयो । खेलकुदको समापन कार्यक्रमा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल प्रमुख अतिथि तथा जिल्ला खेलकुद संघका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ र स्थानीय वडा अध्यक्षहरुको उपस्थिति रहेको वडा सचिव युवारज घोरसाईले माइपोखरी न्युजलाई जानकारी दिए .

