इलामको १२ नं. साङरुम्बाको वडा कार्यालयमा तालाबन्दी

इलाम, ९ माघ : सडक निर्माणका लागी विनियोजित बजेटको उपभोक्ता समिति निर्माणमा एकलौटी गरेको भन्दै इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा १ घण्टा तालाबन्दी गरिएको छ । इलाम नगरपालिकाबाट विनियोजन गरिएको २० लाख रुपैयाँ बजेटको उपभोक्ता समिति निर्माण गर्दा बाम गठबन्धनलाई सहभागी नगराइ नेपाली कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनले समिति निर्माण गरेपछि मंगलबार ११ बजेदेखि १२ बजेसम्म तालाबन्दी गरिएको स्थानीय पदम भट्टराईले बताए । उपभोक्ता समितिले योजना सम्झौता गरिसकेको जानकारी दिँदै सम्झौता फिर्ता नहुन्जेलसम्म धर्नाको कार्यक्रम तय भएको भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता