माइजोगमाइमा बँदेलको बिगविगीले किसान हैरान

इलाम, १० माघः इलामको माईजोगमाई गाउँपालिकामा हुल बादीएर आउने जङ्गली बँदेलले वालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । 
केहि महिना अघि देखि माईजोगमाई गाउँपालिकाको सोयाङ, प्याङ, नयाँबजार लगायतका ठाउँमा दर्जनौको संख्यामा आउने बँदेलले आलु, अलैची,स्कुस, मकै, धान सागसब्जी जस्ता नगदेवालीहरु खाने र  भएको बालि जोतेर नस्ट गर्ने र मान्छेलाई नै आक्रमण गर्न थालेपछि किसानहरु समस्यामा छन । 
बँदेलको बिगबिगी बढेपछि नियन्त्रण गर्न माग गदै गाउँपालिकाका अध्यक्ष जित बहादुर राईको नेतृत्वमा सबै किशानहरुले हस्ताक्षर सङकलन गरी जिल्ला वन कार्यलय ईलाममा ज्ञापन पत्र बुझाई सकेका छन । सहायक जिल्ला बन अधिकृत गोपाल भटराई ।
बँदेलले हाल सम्ममा पचास लाख भन्दा बढिको क्षति गरिसकेको छ । भारतको सिंहलिला नेसनल पार्कबाट बदेल नेपाल पस्ने गरेका छन ।  बन्यजन्तुलाई सिमा क्षेत्रमा निर्वाद रुपमा हिडडुल गर्न दिनु पर्ने नियमका कारण नियन्त्रणमा समसया भएकोे पाईन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता