कृषि विकास बैंकका लगानीकर्तालाई २० प्रतिशत लाभांश

काठमाडौं, ५ माघः कृषि विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ। बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त सेयर बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । हाल ७ अर्ब ७६ करोड पुँजी रहेको बैंकले बोनस सेयर वितरण गरेपछि पुँजी ८ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले जानकारी दिए । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई पुँजी ८ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार बैंकले बोनस सेयर दिएर तोकिएको पुँजी पु¥याउन लागेको हो ।  वि.सं.२०२४ साल माघ ७ मा स्थापना भएको बैंक आइतबारबाट ५१औं वर्षमा प्रवेश गर्दैछ। हाल २ सय ५३ शाखा र २ हजार ७ सय ७६ कर्मचारीमार्फत बैंकिङ सेवा दिइरहेको बैंकले आर्थिक वर्ष २०७३÷०७४ सम्ममा ९९ अर्ब ९२ करोड निक्षेप संकलन तथा १ खर्ब ९ अर्ब कर्जा लगानी गरी २ अर्ब ७८ करोड खुद नाफा गरेको छ । बैंकले बाणिज्य बैंकिङ सेवाको अतिरिक्त नेपाल सरकारको प्राथमिकतामा रहेका कृषि, लघुवित्त लगायतका क्षेत्रमा पनि लगानी गरिरहेको जनाएको छ । कृषि क्षेत्रमा मात्र ३३ प्रतिशत कर्जा लगानी रहेको सिइओ सिटौलाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता